Logo

प्रियंकाले दिइन २० हजार थान जुत्ता



मुम्बई, बैशाख १३ । कोरोना भाइरसबाट पूरा संसार प्रभावित भएको छ। यो महामारीसँग लड्न बलिउड सेलिब्रिटीले पनि मद्दत गरिरहेका छन्। प्रियंका चोपडा, शाहरुख खान, अक्षय कुमार, सलमान खानसहित धेरै सेलिब्रिटी विभिन्न प्रकारका सहयोग लिएर अगाडि आएका छन्। धेरै स्थानमा गरिएको च्यारिटीपछि अभिनेत्री प्रियंकाले स्वास्थ्यकर्मीको पीडा अनुभव गरिन्।

प्रियंकाले फ्रन्टलाइन हेल्थकेयर वर्कसका लागि २० हजार थान फुटवेअर्स सहयोग गरेकी छन्। खबरअनुसार उनले कोरोना भाइरस महामारीबीच लसएन्जल्समा फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीका लागि १० हजार फुटवेअर दान गरेकी छन् यसबाहेक पूरा भारतका सार्वजनिक र सरकारी अस्पतालका स्वास्थ्य सेवाकर्मीका लागि अतिरिक्त १० हजार जोडी जुत्ता पठाएकी छन्।एजेन्सी



प्रतिक्रिया दिनुहोस्