Logo

आज रमजानको पहिलो दिन, घण्टाघरको पञ्चकाश्मिरी तकिया सुनसान (फोटोफिचर)



काठमाडौं, १३ बैशाख । आज रमजानको पहिलो दिन हो । तर, कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनका कारण मुस्लिमहरूको मुख्य पर्व रमजानको पहिलो दिन काठमाडौंको घण्टाघरमा रहेको पञ्चकाश्मिरी तकिया सुनसान छ ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण मुस्लिम समुदायको महान पर्व रमजानमा घरमै बसेर नमाज पढ्न आग्रह गरेका थिए । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा हिजो (शुक्रबार) अध्यक्ष अन्सारीले महामारी कुनै जात र धर्मलाई लक्षित गरी नआउने भन्दै लकडाउनको पूर्णरुपमा पालना गर्ने सबै नागरिकको दायित्व भएको धारणा राखेका थिए ।

हाम्रा सहकर्मी मुकुन्द कालिकोटेकाअनुसार घण्टाघरमा रहेको पञ्चकाश्मिरी तकियामा चार पाँच जना नमाजीहरूले नमाज पढ्नेबाहेक यो वर्ष अरू नमाजीहरूलाई यहाँ प्रवेश निषेध गरिएको थियो । त्यसैले यो वर्ष अरू समयजस्तो मस्जिद नमाजीहरूले भरिएका थिएनन् । हेरौं बाँकी तस्विरमा :

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्