Logo

महिना दिन शेयर बजार बन्द भएकाे विषयमा डब्लुएफइले नेप्सेलाई लेख्यो पत्र



१४ वैशाख : नेपालमा गएको एक महिनादेखि शेयर बजार बन्द भएकोमा अन्तर्राष्ट्रिय समुदायले चासो राख्न थालेका छन्। इन्टरनेशनल इन्भेष्टर इन्भेष्टि रिलेशनसिप भएकाहरूले बजार बन्द भएको विषयमा चासो राखेका हुन्।

स्टक एक्सचेन्ज हरूको अन्तर्राष्ट्रिय सङ्गठन वल्ड फेडरेसन अफ एक्सचेन्ज ‘डब्लुएफइ’ले शेयर कारोबार बन्द भएको विषयमा नेपाल स्टक एक्सचेन्जलाई पत्र लेखेको छ। विभिन्न प्रश्नको जबाफ माग्दै उसले पत्र लेखेको नेप्सेका एक अधिकारीले जानकारी दिए।

लामो समय देखि दोस्रो बजार बन्द भएपछि इन्टरनेशनल इन्भेष्टर इन्भेष्टिहरुले डब्लुएफइलाइ मेन्सन गर्दै गुनासो गर्न थालेपछि डब्लुएफइले नेप्सेलाई पत्र लेखेको हो।
इन्भेस्टीहरूले दोस्रो बजार किन बन्द भएको?र बजार कहिले खुल्छ ? भन्ने चासो बढी राखेकाे बुझिएकाे छ । यस बिषयमा उनीहरूले नेपालका विभिन्न निकायसँग समेत सोधपुछ गरिरहेका छन्। नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज,मर्चेन्ट बैक, केन्द्रीय निक्षेप प्रणाली र केही ब्रोकर कम्पनीसँग समेत छुट्टाछुट्टै उनिहरुले सोधपुछ गरिरहेको एक मर्चेन्ट बैकका अधिकारीले जानकारी दिए।

नेपालमा वैकल्पिक लगानी कोष नियमावली आएको छ। नियमावली आएसँगै नेपालको शेयर बजारलाई उनीहरूले नजिकबाट नियालिरहेका छन्। अन्तर्राष्ट्रिय संस्थाहरूले कुनै पनि देशमा लगानी गर्नु पूर्व सम्बन्धित पक्षसँग सोधपुछ गर्ने गर्छन्। सबैतिर बुझेपछि उनीहरूले लगानी गर्ने या नगर्ने भन्ने निर्णय गर्ने प्रचलन हुन्छ। यति बेला उनीहरूले गरिरहेको सोधपुछलाई यही ढङ्गको सोधपुछ भएको अडकल काटिएको ती मर्चेन्ट बैकका अधिकारीले जानकारी दिए । एक महिनासम्म नेपालको बजार एका एक बन्द भएपछि उनीहरूले चासो बढाएको बताइएको छ।

ग्लोबल प्रिन्सिपलमा शेयर बजार चल्ने हुँदा नेपालमा शेयर बजार बन्द हुँदा भोलिका दिनमा लगानी गरे पश्चात समयमा शेयर लिक्विड गर्न नसकिने हो कि भन्ने चिन्ता उनीहरूमा देखिएको छ। बिशेष गरी बिदेशीकाे समेत लगानी रहेकाे एनएमबि बैक, एभरेस्ट बैक, युनाइटेड फाइनान्स र नबिल बैकलाई अन्तर्राष्ट्रिय लगानीकर्ताले सोधेको नेपाल स्टक एक्सचेन्ज उच्च स्रोतले बतायो। उनीहरूले शेयर कारोबारको आधार र दोस्रो बजारले तय गरेको मूल्य आधारमा लागत गणना गरि लगानीको योजना बनाउने गर्छन्।

यति बेला उनीहरूले शेयर बजारको ट्रेन्ड समेत फलो गरिरहेका छन्। माहामारी र अप्ठ्यारो स्थितिमा नेपालको मार्केट कतिसम्म झर्छ र उकलिन्छ भन्ने प्राविधिक विश्लेषण सम्म गर्न नपाएको गुनासो उनीहरुको छ। खराब अवस्थामा नेपालको बजार कति तल सम्म जाँदो रहेछ भन्ने अनुमान लगाउन विश्लेषकहरूलाई गारो पर्ने उनीहरूको निष्कर्ष छ। किनकि यति बेला विश्व शेयर बजार घटेर समेत माथि उक्लिन सुरु गरिसकेकोले नेपालको बजारले त्यस्तो मौका गुमाएको उनिहरुको भनाइ छ।

हरेक हप्ता मर्चेन्ट बैकले न्याभ रिपोर्ट निकालेको, धितोपत्र बोर्ड खुल्लै रहेको, स्टक र सिडिएससि खुल्लै रहेको जबाफ पाउँदा समेत शेयर कारोबार बन्द भएकोमा अचम्म मानेकाे ती मर्चेन्ट बैक अधिकारीले बताए।मेरोलगानी



प्रतिक्रिया दिनुहोस्