Logo

१०५ वर्ष बाँचेका थिए पाण्डुपुत्र सहदेव



पाण्डु पत्नी माद्रीको जुम्ल्याहा छोरा मध्ये एक सहदेव हुन् । उनको भाईको नाम नकुल हो । उनी पनि अरु भाई र पिता जस्तै पशुपालन शास्त्र र चिकित्सामा दक्ष थिए । र अज्ञात वासको समयमा विराटमा उनले पशुपालनको रेखदेख गरेका थिए । उनी गाईचरण गर्दथे । महाभारत युद्धमा सहदेवको अश्वको रथ तितर रंगको थियो उनको रथमा हासको ध्वजा रातो लगाइएको थियो । सहदेव राम्रो रथ योद्धा मानिन्छ । उनको मृत्यु हुँदा उनको उमेर १०५ वर्षको थियो ।

उनले द्रोणाचार्यबाट धर्म,शास्त्र, चिकित्साको साथै ज्योतिष विद्या पनि सिकेका थिए । सहदेव भविष्यमा हुने घटनाको पहिले नै थाहा पाउथे । महाभारतको युद्धमा कसको जित हुन्छ र कसलाई कसले मार्छ त्यसमा पनि उनि जानकार थिए । तर भगवान श्रीकृष्णले उनलाई श्राप दिएका थिए यदि कसैलाई बताएमा उनी आफ्नै मृत्यु हुनेछ । उनको चार पत्नि थिए द्रोपदी, विजया, भानुमति र जरासंधको छोरी ।

द्रौपदीबाट श्रुतकर्मा, विजयाबाट सुहोत्र छोरा थिए । यसको साथै अन्य दुई छोरा थिए । सहदेवको नाम तीन ग्रन्थमा पाउन सकिन्छ । व्याधिसंधविमर्दन, अग्निस्त्रोत, शकुन परीक्षा । पाण्डु धेरै ज्ञानी थिए उनले आफ्नो ज्ञान पाचै छोराहरुलाई बाड्न चाहान्थे । उक्त पाण्डुको इच्छा देखेर सहदेवले मात्र हिम्मत गरे र पिताको मस्तिष्कको तीन भाग खाए । पहिलो टुक्रा खाँदा सहदेवको ज्ञान प्राप्त गरे, दोस्रो खाँदा वर्तमान र तेस्रो टुक्रा खाँदा भविष्य देख्न थाले त्यसैले उनी त्रिकालदशी भए ।

पाण्डवहरुले फरक फरक दिशामा गएर आफ्नो राज्य विस्तार गरेका थिए । सहदेवलाई त्रैपुर एंव पौरेश्वर राजालई पराजित गरेर दक्षिण भारतको समुन्द्र तटवर्ती राजाहरुलाई पराजित गरिदिए । उनले शुर्पाक, तालाकट, दण्डक, समुन्द्रपवासी, म्लेच्छ, निषाद आदी राजाहरुको राज्यलाई आफ्नो अधिनमा गरेका थिए । (धार्मिक ग्रन्थमा आधारीत)



प्रतिक्रिया दिनुहोस्