Logo

साङ्ले किराबाट लाग्ने रोग



विश्व भर नै साङ्ले किरा पाइन्छ । साङ्ले किरा करीब ३५ सयभन्दा धेरै प्रजाती हुन्छन् । हाम्रो देशको लागि यो किरा सामान्य कुरा हो । चिसो र फोहोरमा धेरै पाइने यो विभिन्न आकारको साङ्ले किरा मानिसलाई रोगी गराउनमा मुख्य कारण बन्छ धेरै मानिसहरुले आफ्नो घरमा साङ्लेकिरा भगाउन केही उपायहरु गरेका पाइन्छ ।

यसको जीवन चक्र तीन चरणमा हुन्छ । जसमा अण्डा, निम्फ र वयस्क हुन्छन् । मादा साङ्लेकीराको छाला साह्रो खोलमा अण्डा जम्मा हुन्छ । यो खोल क्याप्सुल जस्तो हुन्छ यसलाई ओथिका भनिन्छ ।

साङ्लेकीराबाट हुने रोग

  • पखालाः साङ्लेकिरा दुषित ठाउँमा हुने भएकोले खानेकुरामा हानीकारक भाइरस भोजनमा संक्रमित गराइदिन्छ । जुन भोजन खानाले मानिसलाई पखालाको समस्या हुन्छ ।
  • हैजाः हैजा एक संक्रामक रोग हो । वाइब्रियो कालेरी नामक जीवाणुले यो रोग व्यक्तिमा फैलन्छ । यो जीवाणु भोजन वा पानीमा मिसीएर शरीरमा प्रवेश गरी सम्बन्धित व्यक्तिलाई बिमार नपारी उक्त व्यक्तिले गरेको दिशाबाट अन्य व्यक्तिलाई हैजा लाग्छ ।
  • कुष्ठ रोगः यो एक प्रकारको छाला सम्बन्धि रोग हो । जुन माइकोबैक्टीरियम लेप्री भाइरसबाट फैलन्छ । यो धेरै फैलिएमा लामो समयसम्म बिरामी रहन्छ ।
  • प्लेगः यो एक प्रकारको संक्रमण हो, जुन योर्सिनिया पेस्टिस नामको भाइरसको कारण फैलन्छ ।हाल यो रोग दुर्लभ मानिन्छ ।
  • खोकीः खोकी संक्रमणको कारण हुन्छ । कुनै बेला अन्य संक्रमणले इशारा गर्छ जस्तो ज्वरो, चिसो हुनु, उल्टी हुनु, टाउको दुख्नु आदी ।
  • पोलियोः साङ्लेकिरा पोलियोमेलाइटिस नामको भाइरस फैलाउने मुख्य कारण हो । यस भाइरसले पोलियो जस्तो दुर्लभ रोग लाग्छ । यो भाइरस दुषित पानी वा भोजनको कारण व्यक्तिमा पोलियो रोग लाग्छ ।
  • मेनिनजाइटिसः साङ्ले किरा मेनिनजाइटिस फैलाउने मुख्य कारण मानिएको छ ।

अन्य समस्याहरु

  • नाक बन्दा हुने
  • घ्यार घ्यार
  • कानको संक्रमण
  • छाला चिरा पर्नु
  • साइनस

कसरी फैलन्छ

  • सासबाट
  • छुनाले
  • भोजनले


प्रतिक्रिया दिनुहोस्