काठमाडौं, १५ वैशाख । पूर्व सचिव भीम उपाध्याय रिहा भएका छन् । साइबर क्राइमको अभियोगमा उनीविरुद्ध थुनछेकको बहसपछि अदालतले ढरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
उपाध्यायले पछिल्लो समय सरकारविरुद्ध आक्रामक भनाई सार्वजनिक गर्दै आएका थिए । उनले सामाजिक सञ्जालमा सरकारका मन्त्री देखि उच्च सरकारी अधिकारीहरुको आलोचना गरेपछि विवाद समेत भएको थियो ।
स्वास्थ्य सचिव यादव कोइराला र पूर्व सचिव भीम उपाध्यायबीच सामाजिक सञ्जालमा शब्दयुद्ध नै परेको थियो । त्यसपछि उनीमाथि उजुरी परेपछि १० वैशाखमा घरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । ५ दिन हिरासतमा राखिएपछि उनी आज रिहा भएका हुन् ।