Logo

दुर्गममा संचालित हिमाल एफ.एम.द्वारा पत्रकार/कर्मचारीको कोरोना विमा



सोलुखुम्बु,१५ बैषाख । अग्रभागमा काम गर्ने पत्रकारहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेका बेला दुर्गम हिमाली जिल्लामा सञ्चालित हिमाल एफ.एम.ले आफ्ना पत्रकार तथा कर्मचारीको कोरोना विमा गरेको छ ।

स्थलगत रिपोर्टिङ र जन सम्पर्कमा खटिरहनु पर्दा एफ.एम.मा कार्यरत पत्रकार÷कर्मचारीमा संक्रमणको जोखिम रहेको भन्दै विमा गरिएको हो । एक बर्षे विमा कार्यक्रममा कुनै पत्रकारलाई कोरोनाको पिसिआर परीक्षणमा पोजिटिभ देखिए विमा बापत प्रतिब्यक्ति एक लाख रुपैँँया भुक्तानी दिईने छ ।

आइएमई जनरल ईन्स्योरेन्स कम्पनी मार्फत १६ जना पत्रकारको विमा गरिएको एफ.एम.का अध्यक्ष निमा शेर्पाले बताए । अग्रभागमा काम गर्दा कर्मचारी तथा पत्रकारको सुरक्षा र जोखिम बहनको उत्तरदायीत्व संस्थाले बहन गरेको एफ.एम.का प्रबन्ध निर्देशक भानुभक्त निरौलाले बताए ।

२४ घण्टा प्रसारणमा रहेको एफ.एम.ले जनसम्पर्कको क्षेत्रमा काम गर्ने कर्मचारी र पत्रकाररुको मात्र विमा गरेको हो । विमा बापतको सबै रकम एफ.एम.ले नै भुक्तनी गरको प्रबन्ध निर्देशक निरौलाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्