डेंगु रोक्नको लागि कही आधारभुत कदम वास्तवमा सबैभन्दा प्रभावकारी उपाय हो । डेंगु हुने एक मात्र तरीका लामखुट्टेको टोकाई हो यसैले यसलाई रोक्नेको सबैभन्दा राम्रो तरीका लामखुट्टे उत्पन्न हुन नदिनु हो । यो विशेष रुपबाट महत्वपुर्ण हो यदि धेरै नै समस्या बढ्न गएमा रोक्ने केहि तरीका वर्णन गरीएको छ ।
- पानीको तलाउ बन्न नदिनेः घरको वरिपरि पानी जम्ने खालको खाल्डो हुन नदिने । यदि पानी जमेमा तुरुन्त सफा गर्ने । ब्लिचिङ पाउडर छर्किदिने यसले लामखुट्टेको अन्डालाई विकास हुन दिँदैन ।
- लामखुट्टेले टोकाई बाट जोगिन आवश्यक उपाय गर्नेः सकेसम्म घर भित्रै बस्नुपर्छ । सुत्ने बेलामा झुलको प्रयोग गर्नुपर्छ । बिहान र बेलुका लामखुट्टे धेरै सक्रिय हुन्छ त्यसकारण उक्त समयमा बाहिर निस्कनु हुँदैन ।
- सामान्य भाइरलका रोगीहरुले एन्टी भाइरल गुणले भरिपुर्ण जडिबुटी खानुपर्छ । अदुवा लसुन नियमित खानु पर्छ ।
डेंगुको लक्षण
- पिसाबको मात्रामा कमी
- आँसु कम आउने तथा आउदै नआउने
- मुख र ओठ सुख्खा हुने
- सुस्त रअस्त व्यस्त रहने
- हात खुट्टा र टाउकोमा चिसो महसुस हुनु
डेंगुको जोखिम
- शरीरमा फ्लुइडको कमी
- लगातार शरीरमा रगत निस्कने
- प्लेटलेट्स घट्ने
- रक्तचाप घट्ने
- एन्केफेलाइटिस
- रगत बग्ने हुनाले दिमागमा नोक्सान पुग्न सक्ने
- रोग प्रतिरोधात्मक प्रणालीमा नोक्सान पुग्ने
- लीवर फेल हुने र नोक्सान पुग्ने