भिटामिन डि शरीरमा पाउन सक्ने एक महत्वपुर्ण भिटामिन हो । भिटामिन डि फ्याट धुलनशिल प्रो–हर्मोनको एक समुह हो जसले शरीरमा क्याल्सियम, आइरन, म्याग्नेशियम, फस्फेट र जिंकलाई अवशोसित गर्न मद्दत गर्छ । सनसाइन भिटामिनको नामले बुझिएको भिटामिन डि शरीर द्धारा तब उत्पादन हुन्छ जब हाम्रो छाला सुर्यको प्रकाशको सम्र्पकमा आउछ । यो प्राकृतिक रुपमा खाने पिउने चीजमा पनि पाइन्छ ।
भिटामिन डि मुख्यत दुई प्रकारमा हुन्छ ।
१. भिटामिन डि २ः जुन बोतविरुवाले उत्पादन गर्छन् ।
२. भिटामिन डि ३ः जुन सुर्यको तापबाट हाम्रो शरीरको छालामा सम्र्पकमा आएर निर्माण हुन्छ । केही जनावरको श्रोतहरुबाट पनि प्राप्त गर्न सकिन्छ ।
भिटामिन डि को कमीको लक्षण
- मांसपेशी कमजोरी
- बिना धेरै काम पनि थकान महसुस हुने
- दिनमा आवश्यकता भन्दा धेरै निन्द्रा लाग्ने
- मनमा उदासिनता छाउने
- टाउकोबाट पसिना आउनु
- विभिन्न स्वास्थ्य समस्या आउने
- पटक पटक इन्फेक्सन हुने
- प्रतिरक्षा प्रणालीमा असर गर्ने
- सास लिनमा समस्या
रगतमा भिटामिन डि को कमी हुँदा आउने समस्याहरु
भिटामिन डि को कमीले रिकेट्स रोग लाग्न सक्छ । यो यस्तोरोग हो जसमा हड्डी टिशुमा ठिक तरीकाले खनिज नभएमा जसको कारण हड्डिमा नरम हुन्छ र शरीरको आकार बिग्रन्छ । तर हालको अध्ययनले भिटामिन डि ले शरीरका धेरै समस्यालाई बचाउछ ।
- रिकेट्स रोग
- हड्डि दुख्ने जुन शरीरको कुनै पनि स्थानमा हुन सक्ने
- हृदय रोगको कारण मृत्युको सम्भावन बढी हुने
- वृद्ध मानिसहरुमा संज्ञानात्मक कमजोरी समस्या देखिन्छ, जसल दैनिक जीवनमा असर गर्छ ।
- बालबलिकाहरुमा दमको समस्या देखिन्छ ।
- क्यान्सर
(भिटामिन डि को फाइदा र उपचारको बारेमा हामी भोली चर्चा गर्नेछौ । )