Logo

राधा कृष्णको प्रेमका रोचक विषय



भगवान श्रीकृष्ण र राधाको सम्बन्ध सामान्य तर पति पत्नीको होइन प्रेमी प्रेमिका को रुपमा बुझिएको छ । कृष्णको साथमा कहिल्यै पनि उनकी पत्निको तस्वीर वा मुर्ति भेटिदैन । हरेक स्थानमा कृष्णको साथमा राधा नै देख्न सकिन्छ । यसकारण १६ हजार १ सय ८ पत्नी भन्दा राधाको प्रेम धेरै थियो भनिएको छ । यो कुरा कृष्णले आफै रुक्मिणीलाई बताएका थिए ।

एक पटक सुर्य ग्रहणको समयमा देवी राधा माता यसोदा र नन्द बाबाको साथमा कुरु क्षेत्र आएकी थिन् । उक्त समयमा रुक्मिणी सँग कृष्णको विवाह भइसकेको थियो । कुरुक्षेत्रमा राधा कृष्णको भेट भयो र रुक्मिणीले पहिलो पटक राधालाई देखिन् । रुक्मिणीले राधालाई तातो दुध दिइन् राधाले दुध पिइन् । दुध त भगवान् श्रीकृष्णको शरीरको छालामा गयो । रुक्मिणीले यो देखेर सोधिन् र कृष्णले भने, राधा मेरो हृदयमा बस्छिन् र उनलाई कष्ट हुँदा त्यसको असर म माथी पर्छ ।

राधा र कृष्णको उमेर धेरै फरक थियो, देवी राधा कृष्ण भन्दा जेठी थिइन् । भगवान श्रीकृष्णको जन्मोत्सवमा राधा आफ्नो मातासँग नन्दगाउँमा आएकी थिइन् उक्त समय ११ महिना कि थिइन् जबकि श्रीकृष्ण झुलमा थिए । कुनै कुनै कथामा राधा ५ वर्षले जेठी थिइन् भनिएको छ ।

अर्को कथा अनुसार देवी राधाको विवाह कृष्णको मामा रायणसँग भएको थियो यसकारण नातामा राधा कृष्णको माइजु पर्थिन् । राधा कृष्णको प्रेमको छाप आजपनि निधिवनमा देख्न सकिन्छ । भनिन्छ आज पनि हरेक रात राधा कृष्ण आउछन् । उक्त वनमा कृष्णले रासलीला रचेका पनि भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्