Logo

भारतमा कोरोनाः २४ घण्टा भित्र ७० भन्दा बढीको मृत्यु



नयाँ दिल्ली, बैशाख १७ । भारतमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ नाधेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार वितेको २४ घण्टामा मात्रै भारतभर ७० जना भन्दा बढीको मृत्यु भएको जनाइएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ६ सय ९५ संक्रमित निको भएर घर फर्किसकेका छन भने३१ हजार ३ सय ३२ जना अझै संक्रमित छन् ।
एजेन्सी



प्रतिक्रिया दिनुहोस्