Logo

नेकपा विवाद समाधान गर्न घनश्यामले भने- संस्थागत प्रणालीबाट समाधान खोजौं



काठमाडौं, १७ वैशाख । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा कृषिमन्त्री घनश्याम भुषालले फुटबाट जोगाउन अपिल गरेका छन् । नेकपा स्थायी समिटि सदस्य समेत रहेका उनले पार्टीभित्रको विवाद मिलाउन संवादबाटै संस्थागत प्रणालीभित्रै समाधान खोज्न आग्रह गरेका छन् ।

२०५४ मा नेकपा एमाले लोकप्रियताको शिखरमा हुँदा फुटेको स्मरण गराउँदै त्यसपछि प्रजातन्त्र अस्थिर भएको स्मरण गराए । फेबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै २०६४ सालमा नेकपा माओवादी प्रलयकारी शक्तिका साथ अगाडि आएपनि विभाजन भएको उल्लेख गरे ।

अहिले नेकपा असाधारण शक्ति र प्रभावका साथ उपस्थित हुँदा समस्या आएकोमा भन्दै उपयुक्त समाधान खोज्नुपर्नेमा जोड दिए ।
उनले नहडबडाउन, संवाद गर्न र संस्थागत प्रणालीभित्रै समाधान खोज्न समेत आग्रह गरेका छन् ।

मन्त्री भुषालको धारणाः

२०५४ सालमा नेकपा एमाले लाेकप्रियताकाे शिखरमा थियाे, फुट्याे । र २०४७ सालकाे प्रजातन्त्र अस्थिर हुँदै गयाे ।

• २०६४/६५ मा नेकपा माअाेवादी प्रलयकारी शक्तिकासाथ अगाडि अायाे । र विभाजनकाे प्रक्रियामा गयाे ।

• अाज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित छ। र यसमा समस्या थपिँदै गएका छन्।

• समस्याले उपयुक्त समाधान खाेज्छ । अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ।

• पार्टीको एकता बचाउन, लाेकतन्त्र र समाजवादका मूल्यहरुकाे जगेर्ना गर्न :
पहिलाे, नहडबडाउँ
दाेस्राे, संवाद गराैं
र तेस्राे, संस्थागत प्रणालीभित्रै समाधान खाेजाैं ।

• अाज मुलुकले सबै कमरेडहरुबाट जिम्मेवारी बाेधकाे एेतिहासिक गम्भीरता माग गरेकाे छ।



प्रतिक्रिया दिनुहोस्