Logo

भरतका सेवामा समर्पित शत्रुघन



शत्रुघनको चरित्र अत्यन्त विलक्षण थियो । उनी मौन सेवाव्रती थिए । बचपनदेखि नै भरतको सेवा नै उनको मुख्य कार्य थियो । उनी मृदुभाषी, सदाचारी, सत्यवादी, विषयगत तथा भगवान रामको आज्ञाकारी थिए । जसरी रामको लक्ष्मणले धनुष बोकेर रक्षा गर्थे त्यसरी नै शत्रुघन ले पनि भरतको रक्षा गर्थे । जब भरत आफ्ना मामा युधाजित सँग जाने भए, शत्रुघन पनि आफ्नो नवविवाहिता श्रमिती, घर परिवार छाडेर दाजु सँगै गएका थिए । उनले दाजु भरतको सेवा गर्नु नै आफ्नो कर्तव्य ठान्थे ।

जब राम र लक्ष्मण १४ वर्ष वनवास बस्दा भरतलाई उनले साथ दिएका थिए । भरतले रामको पादुकालाई सिंहासनमा राखेर नन्दीग्राममा कुटी बनाएर वनबासी रुपमा जीवन यापन गरी रहदा शत्रुघनले पुरै अयोध्या राज्यको कार्यको सुचारु गर्नमा सहायता एक निडर सिपाही झै उभिएर राज्यको रक्षा गरे र आफ्ना सबै आमाहरुमा तीन भाईहरुको कमी महसुस हुन दिएनन् ।

शत्रुघनमा विरता पनि अद्धितिय थियो । राम–सीता वनवास पछि एक दिन ऋषिहरुले भगवान श्री रामलाई लवणासुरको अत्याचारको वर्णन गरे र उसको हत्या गरी राक्षसबाट मुक्ति दिलाउने प्राथना गरे । रामको आज्ञाले शत्रुघनले बलियो र पराक्रमी लवणासुरको हत्या गरेर उनले धेरै नै समयसम्म शासन पनि गरे । भगावान श्रीराम परमधाम जानु अगाडी समयमा मथुरामा आफ्नो छोराको राज्यभिषेक गरेर शत्रुघन अयोध्या पुगेको थिए । उनले रामको पासमा गएर प्रणाम गर्दै भने, “भगवान म आफ्नो दुई छोरा को राज्यभिषेक गरेर तपाइँको साथमा जाने निश्चय गरेर आएको हु अब मलाई अर्को कुर्ने आज्ञा नदिएर तपाइँसंग जान अनुमति प्रदान गर्नुहोस् । ” भगवान श्रीरामले शत्रुघनको प्राथना स्विकार गरेर श्री रामचन्द्रको साथमा साकेत धाम गए । (धार्मिक ग्रन्थमा आधारित)



प्रतिक्रिया दिनुहोस्