Logo

काम्यक स्कुलको व्यवस्थापनमा मजदूरहरुलाई खाना वितरण



काठमाडौं १८ बैशाख । बागबजारस्थित काम्यक स्कुलको व्यवस्थापनमा भक्तपुर बसपार्कमा ७० जना मजदूरहरुलाई खाना खुवाईएको छ । कोरोना भाईरस (कोभिड-१९) को कारण लकडाउनमा मजदूरी गरी जिविकोपार्जन गर्नबाट बञ्चित दैनिक ज्यालादारी मजदूरहरुलाई खाना खुवाईएको हो ।

खाना, तरकारी काम्यक स्कुल मैं पकाएर सामूदायिक सेवा केन्द्र, सामूदायिक प्रहरी सेवा केन्द्र तथा २८ वडा युवा समूहको सहयोगमा मजदूरहरुलाई खाना वितरण गरिएको थियो । खाना खान बृद्धा, युवा र केटा–केटीहरुको सरिक थिए ।

काम्यक स्कुलका प्रध्यानाध्यापक धनेश्वर राउतका अनुसार अबको पाँच दिनसम्म काम्यक स्कुलले नै खाना, पानीको व्यवस्था गर्छ, हामी अन्य सहयोगी मनहरुलाई पनि अव्हान गरेका छौं, भने बमोजिम भयो भने यो सेवामूलक कार्यलाई निरन्तरता दिने छौं ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्