Logo

नेता शर्माद्वारा पत्रकारलाई मास्क र सेनिटाइजर वितरण



काठमाडौं १८ बैशाख । नेकपाका केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला सचिव हिमाल शर्माद्वारा फोटो पत्रकार र संवाददाताहरुलाई माक्स र सेनिटाईजर हस्तान्तरण गरेका छन् । शर्मा र नेकपा बागमतिका प्रचार तथा प्रकाशन विभागका प्रमुख ध्रुवप्रसाद घिमिरेले संयुक्त रुपमा माक्स र सेनिटाईजर प्रदान गरेका हुन् ।  कोरोना भाईरस (कोभिड-१९) ले सिर्जना गरेको डरलाग्दो समयमा पनि जोखिम मोलेर फिल्डमा खट्ने पत्रकारहरुलाई सुरक्षित किसिमको माक्स र सेनिटाईजर दिँदा उपयुक्त र सही कार्य हुने भएकाले हामीले पत्रकारहरुलाई नै रोजेको हिमाल शर्माले बताए ।

शर्मा भन्छन्–”विश्वमा फैलिएको प्राणघातक रोग कोरोना भाईरसलाई हामीले सावधानीपूर्वक अवतरण गर्नसक्नुपर्छ । विश्व स्वास्थ्य सङ्गठनले लगाएको नियमलाई पालना गरौं, यसले सानो, ठूलो, गरिब, धनी केही भन्दैन, महामारी फैलाउने यो रोगबाट तपाई, म अनि समाजले गम्भिरतापूर्वक मनन गरी सजग भएर सुरक्षित हुनुपर्दछ । लकडाउन यसरी नै भैरह्यो भने यसले अर्कै रुप लिन सक्छ, अबका दिनमा मोडालिटी परिवर्तन गरेर जानुपर्ने हुन्छ, जसले गर्दा उद्योग, कलकारखानाहरु पनि चल्दै जानु राम्रो हुन्छ ।”  Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्