Logo

लकडाउन गतिविधि : हावा खानेदेखि आँखा छल्नेसम्म



काठमाडौँ, १९ वैशाख । ‘कहाँ जाँदै हुनुहुन्छ रु पास देखाउनुस्रु’ बिहीबार दिउँसो १२ बजेतिर भद्रकाली नजिकैबाट जाँदै गरेको गाडी रोकेर प्रहरीले प्रश्न ग¥यो । ‘बिरामीलाई औषधि पु¥याउन हिँडेका पास छैन’ गाडीमा यात्रारत दुई युवतीले जवाफ फर्काए ।

‘कुन अस्पताल हो रु बिरामीलाई फोन गर्नूस् त रु’ प्रहरीले आग्रह ग¥यो । यात्रु अलमलमा परे । उनीहरूले ढाँटेको पुष्टि भएपछि दुवैलाई एक घन्टा ‘होल्ड’मा राखेर छाडिएको थियो । काठमाडाँैंमा पछिल्लो केही दिन यता उनीहरूले जस्तै बन्दाबन्दी उल्लङ्घन गर्ने क्रम बढेको छ । प्रहरीको तथ्याङ्क अनुसार बिहीबार मात्र बन्दाबन्दी उल्लङ्घन गर्ने दुई हजार जना कारबाहीमा परेका छन् । सोमबार गृह मन्त्रालयले लकडाउन कडा गर्न आदेश दिएपछि प्रहरी प्रशासनले सबैलाई सोधपुछ गर्नुको साथै कारबाही पनि गर्न थालेको छ ।

सरकारले अत्यावश्यक काम र अस्पतालमा आकस्मिक उपचार लिनबाहेक घरबाहिर ननिस्कन अनुरोध गरे पनि सडकमा गाडीको सङ्ख्या बाक्लै देखिन्छ । भद्रकालीमा सोधपुछमा व्यस्त ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक विजय गौतमले हामी नेपाली जनताको सुरक्षा चाहन्छौँ, त्यसैले सुरक्षा जाँचमा कडाइ गरिएको हो । उनले अत्यावश्यक कामका लागि बाहिर निस्कनेलाई भने मानवताको हिसाबबाट पठाउने गरेको तर छलकपट गर्नेलाई केही समय होल्डमा राखेर जहाँबाट आएको हो उतै पठाउने गरेको जानकारी दिएका छन् ।
कोरोना भाइरस ९कोभिड–१९० विरुद्ध सरकारले बन्दाबन्दीको अवधि बढाएर वैशाख २५ गतेसम्म पु¥याएको छ तर सडकमा सवारी साधन बाक्लिन थालेका छन् । पासको पनि दुरुपयोग भइरहेको छ ।

अत्यावश्यक सेवामा सञ्चालन हुने सवारी साधनलाई विगतमा जिल्ला प्रशासन कार्यालयले सवारी पास दिने गरे पनि हिजोआज लगभग बन्द छ । बन्दाबन्दी केही खुकुलो हुनसक्ने भन्दै मानिसको गतिविधि काठमाडौँ उपत्यकाभरि नै बढ्न थालेपछि प्रहरीले लकडाउन थप कडा बनाएको छ । प्रहरी र ट्राफिक प्रहरी दुवैले चेकिङ कडा पारेका छन् । सडक खाली भएकाले तीव्र गतिमा गाडी दौडने तथा जाँच गर्न कठिन हुने भएपछि गाडी गुड्ने भाग नियन्त्रित गरिएको छ । सुरक्षाकर्मीले गुडेका सवारीको पास पूरै परीक्षण गरेर मात्र छाडिरहेका छन् । कतिपय हावा खान पनि बिना काम हिँडिरहेका छन् । बानेश्वर चोकमा पनि दुईपाङ्ग्रे गाडी होल्डमा राखिरहेको थियो ।

सात महिनाकी गर्भवती निकिता थापाले बन्दाबन्दी भए पनि आफूलाई अस्पताल आवतजावतमा कठिनाइ नभएको बताएका छन् । बन्दाबन्दीमा पनि प्रहरीको आँखा छलेर सेल्फी खिच्ने, हावा खान भनेर डुल्ने पनि देखिए । बबरमहलमा सेल्फी खिच्दै गर्नुभएका आकाश अधिकारी (नाम परिवर्तन) ले पछि आरकाइभको लागि फोटो खिचेको बताएका छन् । उनले बन्दाबन्दीमा हाम्रो सडक यस्तो थियो भनेर पछि हाम्रा छोराछोरीलाई देखाउने पनि जानकारी दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्