Logo

पूर्वमन्त्री र आइजीपीविरुद्ध शरीर बन्धकको उजूरी



काठमाडौं, बैशाख १९ । पूर्वमन्त्री महेश बस्नेत, नेकपाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) र निवर्तमान आइजीपी सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा अपहरण तथा शरीर बन्धकको उजूरी दर्ता भएको छ।

समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले आयोगमा पुगेर विहीबार यस्तो उजूरी दर्ता गरेका हुुन्। यादवले तीनजनाको मिलेमतोमा महोत्तरीबाट काठमाडौं ल्याइएको दाबी आयोग समक्ष गरेका छन्। उजूरीमा अपहरण तथा शरीर बन्धकको बिषयमा छानविन गरी दोषीमाथि कारवाही गरी जीवन रक्षाको माग गरिएको छ।

यादवले उजूरीमा ‘आफ्नो ज्यूज्यान जोखिम’ मा रहेको बताएका छन्। यादव अपहरण गरी शरीर बन्धक बनाएर महोत्तरीबाट काठमाडौं ल्याएको दाबी गरेका छन्। उनले गत बैशाख १० गते सत्ता र शक्तिको आडमा आपूmलाई अपहरण गरिएको उजूरीमा उल्लेख गरेका छन्।

यादवले आयोग सदस्य प्रकाश वस्ती र मोहना अन्सारीलाई भेटेर उजूरी दिएको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्