Logo

पेट्रोलियम कारोबार ऐन आउँदै



काठमाडौँ, १९ वैशाख । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको कारोबारलाई अझ व्यवस्थित र पारदर्शी बनाउन नयाँ ऐन ल्याउने भएको छ । मन्त्रालयले प्रस्ताव मस्यौदा मन्त्रिपरिषद्मा पठाएको छ ।

सैद्धान्तिक सहमतिका लागि दुई दिनअघि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिएका छन् । उनका अनुसार मन्त्रालयले पेट्रोलियम ऐन पुरानो भएकाले छुट्टै पेट्रोलियम पदार्थको कारोबार ऐन ल्याउने पहल गरिएको हो । पेट्रोलियम पदार्थको कारोबारलाई नयाँ ढङ्गले समय सान्दर्भिक बनाएर सहजता कायम गर्न कारोबार ऐन ल्याउने तयारी गरिएको केसीको भनाइ छ ।

पेट्रोलियम पदार्थको बिक्री वितरण मात्र नभई त्यसको नियमन प्रभावकारी नभएको महसुस गरी मन्त्रालयले यस्तो ऐन ल्याउने तयारी थालेको जनाएको छ । पेट्रोलियम पदार्थ कारोबारको लागि शक्तिशाली नियमनकारी निकायको आवश्यकता महसुस गरी कारोबार ऐन ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । साथै निजी क्षेत्रको सहकार्यलाई पनि थप व्यवस्थित गरिने भएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्