Logo

माधव नेपाल फकाउँदै ओली, असोजपछि प्रधानमन्त्री बनाउन राजी !



काठमाडौं, १९ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद हल गर्न शीर्ष नेताहरु आ आफ्नो रणनीति बनाउन जुटिरहेका छन्। सचिवालय बैठक भोलि बस्दैछ । तर, बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधव कुमार नेपाल भने छुट्टाछुट्टै रणनीति बनाउन व्यस्त छन् ।

असोज १७ गतेको सचिवालय बैठकमा अर्का अध्यक्ष दाहाल र बरिष्ठ नेता नेपालले आफ्नो राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले आफूले राजीनामा नै दिनुपर्ने हो भने उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । ओलीले गौतमलाई प्रधानमन्त्री बनाउनेमात्रै नभएर अर्का नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउनपनि आफू राजी भएको बताएका थिए । ओलीको यस्तो प्रस्ताव आएपछि सचिवालय बैठकमा एकाएक शान्त छाएको थियो ।

ओली पक्षधर प्रभावशाली नेताहरुले नै वामदेवलाई प्रधानमन्त्री बनाउनेगरि ल्याईएको प्रस्ताव ओलीको रणनीतिक कदम भएको सार्वजनिक रुपमै टिप्पणी गर्न थालिसकेका छन्। ओलीलाई सघाउन काठमाडौं आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पत्रकार ऋषि धमलासँगको कुराकानीमा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने सपना नदेख्न चेतावनी दिएका थिए । उनले वामदेवलाई अवसरवादी नेताको रुपमा चित्रण समेत गरेका थिए । यसले पनि के देखाउँछ भने वामदेवलाई कोरोनाको संक्रमणपछि प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव झारा टार्न ल्याईएको थियो ।

तर, ओली पक्षले यो बीचमा नेता नेपाललाई फकाउन निकै दौडधुप गरेको स्रोतको दाबी छ । ओलीले आफ्नो विश्वासपात्रहरुमार्फत नेता नेपाललाई पार्टीलाई एक व्यक्ति, एक पदअनुसार लैजान आफू तयार भएको र असोजपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर नेपाललाई नै प्रधानमन्त्री बनाउन आफू राजी भएको सन्देश पठाएको स्रोतको दाबी छ । File Photo



प्रतिक्रिया दिनुहोस्