Logo

विभिषणले किन गरे रावण पत्नी मन्दोदरीसँग विवाह



रावणको भाई कुम्भकर्ण र छोरा मेघनादको मृत्युपछि रावण आफै युद्धमा लड्न गए । रावणकी पत्नी मन्दोदरी यस युद्धको विपक्षमा थिइन् । उनले सीतालाई फिर्ता पठाउ भनेकी थिइन् तर रावण मानेका थिएनन् ।

को थिइन् मन्दोदरी

पुराणको अनुसार मधुरा नामकी एक अप्सरा कैलाश पर्वतमा भगवान शिवको खोजीमा पुगिन् । शिवालाई खोज्दै जाँदा शिवलाई त भेट्टाइन् तर उनको साथमा पार्वतीलाई नदेखेर शिवलाई रिझाउनने प्रयास गरीन् । जब केहि समयपछि पार्वती पुगिन् शिव मधुराको शरीरमा देखेर क्रोधित भई पार्वतीले मधुरालाई श्राप दिइन् १२ वर्षसम्म भ्यागुता बनेर इनारमा बस्नु पर्ने । मधुराले आफ्नो गल्तीको मुल्य चुकाउन नै प¥यो र असह्य कष्ट सुरु भयो ।

जुन समयमा कैलाशमा घटना भयो उक्त समयमा असुर राजा मायासुर आफ्नी पत्नीसँग छोरीको कामना गर्दै १२ वर्ष देखि तपस्या गरीरहेका थिए । एकदिन मधुराको श्रापको अन्तिम दिन इनारबाट निस्किएर रुन लागीन् । नजिकै तपस्यामा बसेका असुर दम्पत्तिले रोएको सुने र मधुरासँग कुरा गरे । सबैकुरा उनले सुनाएपछि उनीहरु तपस्या छोडेर मधुरालाई आफ्नो छोरी मान्ने घोषणा गरे । पछि मधुराको नाम परिर्वतन गरेर मन्दोदरी राखिदिए ।

राक्षसको महलमा मन्दोदरी राजकुमारीको रुपमा भित्रिएसँगै सबैमा खुशीयाली छायो । समय बित्दै जाँदा मन्दोदरीको जीवनमा रावणको प्रवेश भयो । पिता मायासुरसँग भेट्न रावण पुगे । रावण मन्दोदरीको रुपमा रावण मोहित भएर मायासुरसँग उनको हात मागे तर मायासुरले अस्विकार गरिदिएका कारण अपहरण गरे । दुई राज्यको युद्धको स्थिती बन्यो तर मन्दोदरीलाई थाहा थियो कि रावण आफ्नो पिता भन्दा धेरै शक्तिशाली थिए । यसकारण मन्दोदरीले रावणलाई स्विकार गरिन् ।

मन्दोदरीको चरित्र रामायणमा नैतिक देखिएको छ । जब रावणले सीतालाई अपहरण गरे देखि नै विरोध गर्दै आएकी थिइन् । उनले बारम्बार सम्झाउने प्रयास पनि गरेपनि रावणले मानेनन् । अन्तिममा रामसँग युद्ध गरेर रावण नराम्रोसँग पराजय भयो र मन्दोदरी विधवा भइन ।

रावणको मृत्युपछि भगवान रामले मन्दोदरीसँग विभिषणसँग विवाहको प्रस्ताव राखेका थिए । मन्दोदरीले तत्काल अस्विकार गरीदिइन् । पछि भगवान राम, सीता र हनुमानले सम्झाएर मन्दोदरीले प्रस्ताव स्विकार गरिन् र विभिषणसँग विवाह गरीन् । (धार्मिक ग्रन्थको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्

Screenshot