Logo

दुर्योधनको चरित्र



कोही पनि मानिस आफैमा नराम्रो हुँदैन उसको कर्मले नराम्रो बनाउछ । यस्तै महाभारतको युद्धमा कौरवको ठुलो राजकुमार दुर्योधन मा मिल्छ । उनको बचपन देखि गरिएका सबै नराम्रा कार्य महाभारत ग्रन्थमा उतारीएको छ । यसमा उनको केही राम्रो कार्यको पनि झलक भने देखिन्छ । हस्तिनापुरको महाराज धृतराष्ट्रको जेष्ठ सुपुत्र ‘दुर्योधनको चरित्र ।’

दुर्योधन सधै नराम्रो मानिस थिएनन्, उनी केवल आफ्नो हकको लडेका थिए, जो आज कलियुगमा हरेक मानिसले अरुलाई गर्छन् । उनको नाम असली नाम सुयोधन थियो जसको अर्थ ‘एक महान योद्धा’ । उनी आफैले नाम बदलेर दुर्योधन राखेका थिए जसको अर्थ ‘एक यस्तो व्यक्ति जो कहिल्यै हार्न नसक्ने ।’ तर, महाभारतमा नयाँ नाम दुर्योधन परिर्वतन गर्नु नै उनको पतनको कारण बन्यो । नीति अनुसार जेठो छोराले नै राजगद्दी सम्हाल्ने भएपनि धृतराष्ट्र अन्धो भएकोले सत्ता सम्हाल्न गाह्रो हुने भन्दै भीष्मले पाण्डुलाई चयन गरेका कारण धृतराष्ट्रको मनमा निकै गहिरो चोट पुगेको थियो ।

हस्तिनापुरको उत्तराधिकारी पछि धृतराष्ट्रको ठुलो छोरा राजगद्दीमा विराजमान हुने भनिएको थियो । तर भाग्यलाई पाण्डवको कौशल र बृद्धिमान देखेर उनीहरुलाई नै राजगद्दीको लागि उत्तम माने । यसले धृतराष्ट्र र दुर्योधन दुवैको अपमान भयो । वास्तवमा पाण्डुहरुबाट कुनै हिसाबले हस्तिनापुर लिएको भएपनि खासमा कुनै पाप हुने थिएन् । महाभारतको प्रचलित कथामा पाँच पाण्डवको एक पत्नी द्रोपदी द्धारा दुर्योधनलाई लज्जित महसुस भयो । र हस्तिनापुर गएर आफ्ना मामा शकुनीलाई बताए । भान्जाको क्रोधको फाइदा शकुनीले खेल खेलेर पाण्डवसँग बदला लिने सोच बनाए ।

दुर्योधनको मित्र कर्ण दयावान स्वभावका थिए र कुशल धनुर्धारी थिए । उनी एक सुतपुत्र भएपनि अंग राज्यको राजा बनेका थिए जसको श्रेय दुर्योधनलाई जान्छ । (धार्मिक ग्रन्थको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्