Logo

भीमसेनको विवाह



द्धापर युगको कुरा हो कौरवले पाण्डवलाई सधै आफ्नो शत्रु मान्थे र कसैगरी उनीहरुलाई मार्न चाहान्थे । एक पटक जब पाँच पाण्डव र कुन्ती वार्णवर्त नगरमा महादेवको मेला हेर्न गएका थिए, तब दुर्योधनले मार्नको योजना बनाए । उनीहरुलाई मार्नको लागि लाक्षागृह निर्माण गरे । रातमा सबै आराम गरिरहेका थिए तब महलमा आगो लगाइदिए । तर पाण्डवहरु यो कुरा थाहा पाएर सुरुङ खनेर निस्किसकेको थिए । पाण्डवहरु सुरक्षित निस्किएर जंगलमा पुगे र रात बिताउनको लागि एकठाउँमा रोकिए ।

भीमले सबै सुत्न लगाए र आफु चाहि सबैको सुरक्षाकर्मी भएर बसे । उक्त जंगलमा एक हिडिंब नामका राक्षसले आफ्नो बहिनी हिडिंबालाई मानिस समातेर ल्याउन भने । दाजुको कुरा सुनेर हिडिंबा जंगलमा कोही मानिस खोज्न हिडीन् । तब उनको आँखा भीममा प¥यो र उनी भीमसँग मोहित भइन् । भीमसंग विवाह गर्न नपाएमा आफ्नो प्राण त्यागीदिने प्रण गरीन् ।

यही विचारले सुन्दर युवतीको रुप धारण गरे राक्षस हिडीबा भीम समक्ष आइन् र प्रेम प्रस्ताव राखिन । उता दाजु राक्षसले भने बहिनीलाई मार्न दौडियो ।

यो देखेर भीमले राक्षसलाई रोके र दुई बीच ठुलो युद्ध भयो । जसमा राक्षसको मारीए । हिंडीबाले फेरी भीमलाई प्रस्ताव राखिन तर भमिले अस्विकार गरिदिए तर कुन्तीले सम्झाएपछि स्विकारे । उनीहरुको विवाह गन्र्धव जंगलमा सम्पन्न भयो र केही समयपछि उनीहरुको घटोत्चक नामको छोरा जन्मिए । (धार्मिक ग्रन्थको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्