एजेन्सी, २० वैशाख । उत्तर कोरियाली नेता किम जोङ्ग उन सार्वजनिक भएका छन् । उनी मे दिवसमा हिजो सार्वजनिक भएका हुन् ।
उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यमले किम तीन हप्तापछि पहिलोपटक सार्वजनिक भएको जनाएको छ । कन्युज एजेन्सी केसीएनएले किम मल उत्पादन कम्पनिको उदघाटनमा सहभागी भएको जनाएको छ । मे दिवस पारेर शुक्रबार उक्त कम्पनिको निर्माण सम्पन्न भई उदघाटन गरिएको उल्लेख छ । तर, उनी सार्वजनिक भएको कुनै तस्बिर बाहिर ल्याइएको छैन ।
किमको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलवाजी भइरहँदा उनी सार्वजनिक भएका हुन् । यसअघि उनी मृत भइसकेको सम्मका समाचारहरु बाहिर आएका थिए ।
हालैमात्र कोरियाली सेन्ट्रको वानसनस्थित निवासको स्याटलाइट तस्बिर सार्वजनिक भएको थियो । तस्बिरमा रेल रोकिएको थियो । प्रायः निजी विमानमा यात्रा गर्ने किम जोङ उनको कम्पाउन्डमा रेल राखिनुलाई उनी गम्भीर विरामी परेको र विमानमा यात्रा गर्न नसक्ने अवस्थामा रहेको अनुमान गरिएको थियो ।
यसअघि किम जिवितै रहेको पुष्टि भइसकेको थियो । उनी सामान्य अवस्थामा रहेको दक्षिण कोरियाले समेत पुष्टि गरेको थियो । किमले वनसान काल्माको समुन्द्री तटको पर्यटन क्षेत्रमा निर्माण गर्नेहरुलाई आभार प्रकट गरेका थिए ।
११ अप्रिल देखि उत्तर कोरियाली नेता किम सार्वजनिक भएका थिएनन् । उनले पार्टी पोलिटब्युरोको बैठक गरेपछि नदेखिनुले गम्भीर विरामी परेको या निधन भइसकेको समाचारहरु आएका थिए । उनले १५ अप्रिलमा हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको जन्मजयन्तीमा सहभागिता जनाएका थिएनन् । उनको मुटुको शल्यक्रिया भएको विषय पनि बाहिर आएको थियो । चिनियाँ स्वास्थ्य टोली उत्तर कोरियामा उनको उपचारका लागि पुगेको खबर हिजो आएको थियो ।-File Photo