ताप्लेजुङमा आगलागीबाट १० घर जलेका छन । जिल्लासदरमुकाम फुङलिङस्थित पुरानो बैंक लाईनमा शुक्रबार बेलुका ९ः ३० बाट सुरु भएको आगलागी विहान ५ बजे नियन्त्रणमा आएको थियो । आगलागी नेपाली कांग्रेसको पार्टी कार्यालय बसेको घरसम्म पुगेको जनाइएको छ।
जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी र फुङलिङ नगरपालिकाको दमकलले आगो नियन्त्रणको प्रयास गरेका थिए । आगलागीको कारण तथा क्षतिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । ताप्लेजुङ सदरमुकाममा २०७१ सालको आगलागीमा ३५ घर जल्दा करोडौंको क्षति भएको थियो भने ९० परिवार विस्थापित भएका थिए ।