Logo

सचिवालय बैठकको लागि प्रचण्ड बालुवाटारमा



काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले केही बेरमा सुरु हुँदैछ । यसअघि ४ बजे बस्ने भनिएको बैठक साँढे ५ बजेलाई सारिएको थियो । बैठकमा सहभागी हुन नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार प्रवेश गरिसकेका छन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार अध्यक्ष दाहाल केही बेर अघिमात्रै बालुवाटार प्रवेश गरेका हुन् ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्