Logo

आज २०७७ वैशाख २१ गते आइतवारको राशिफल



आज श्री शाके १९४१ बि.स.२०७७ साल बैशाख २१ गते आइतबावार । इश्वी सन २०२० मे ३ तारीख बैशाख शुक्लपक्ष एकादशी तिथी पूर्वफाल्गुनि नक्षत्र ध्रुब योग वव करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा छत्र योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋर्तु स्मार्तहरूको मोहिनी एकादशी व्रत, अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानि क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भावना रहेको छ । शारिरीक आलस्यताको सामना भने गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भावना रहेकोछ । बौद्विक क्षेत्रका ब्यतित्वसगँको संगतद्वारा मन प्रशन्न रहला । कार्यप्रतिको लगनसिलतामा बृद्वि हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आय मुलक कार्यको थालनि हुनेछ । पारीवारिक मेलमीलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोगद्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजनसंगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) एकान्त वाताबरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । जिवन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भावना रहेकोछ । गैर ब्यत्तिहरुको विश्वासमा नपर्नु नै उत्तम रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्धी कार्यमा विषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चञ्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्यधारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।  दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । ईष्ट मित्र वीच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभा-सम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोगद्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा व्यापार , ब्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । प्रतिस्पर्धी सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।



प्रतिक्रिया दिनुहोस्