Logo

स्पर्स लघुवित्तको खुद नाफा करिब २०० प्रतिशतले बढ्यो



२१ वैशाख  : स्पर्स लघुवित्त वित्तीय संस्था (SPARS) ले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेख्य नाफा आर्जन गर्न सफल भएको छ। लघुवित्तले चैत मसान्तसम्ममा १ करोड ७९ लाख ६७ हजार खुद नाफा आर्जन गरेको हो।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड १९ लाख २८ हजार रुपैयाँ अर्थात १९७.५० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तको खुद नाफा ६० लाख ३९ हजार रुपैयाँ मात्र थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खराब कर्जा उठाउन सफल भएका कारण पनि लघुवित्तको खुद नाफा बढेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ करोड २४ लाख ६३ हजार रुपैयाँबाट बढेर ४ करोड ६९ लाख ३९ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ८४ लाख ६७ हजार रुपैयाँ बढेर २ करोड २२ लाख ८८ हजार पुगेको छ।

चैत मसान्तसम्ममा लघुवित्तले २३ करोड ३ लाख रुपैयाँ बचत संकलन र ७० करोड ६९ लाख बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर १ अर्ब २ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

चैत मसान्तसम्ममा १.३३ प्रतिशत निष्क्रिय कर्जा रहेको लघुवित्तले खराब कर्जाबापतको व्यवस्थामा ७९ लाख ५४ हजार रुपैयाँ छुट्याएको छ।

१० जिल्लामा २० शाखा कार्यालयसहित सेवा प्रदान गरिरहेको यस लघुवित्तको चुक्ता पूँजी ९ करोड ३७ लाख ४८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ करोड ५९ लाख रुपैयाँ सञ्चित छ।

लघुवित्तको प्रतिशेयर आम्दानी २५ रुपयैयाँ ५५ पैसा, प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात २७.१२ गुणा छ। मेरोलगानी



प्रतिक्रिया दिनुहोस्