Logo

ज्योति लाइफको बीमा शुल्कमा भारी बृद्धि



काठमाडौं, २१ वैशाख । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा शुल्कमा भारी बृद्धि गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको १ अर्ब १४ करोड रुपैयाँ बीमा शुल्कमा आर्जन गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको तुलनामा ९७ प्रतिशतले बीमा शुल्क वृद्धि गरेको हो । मुलुकमा लकडाउन भएपनि कम्पनीले वित्तीय विवरण प्रकाशित गरेको छ ।

कम्पनीले अल्पकालीन लगानी घटाई दीर्घकालीनलाई प्राथमकिता दिएकाले दीर्घकालीन लगानी ८३ प्रतिशतले वृद्धी भएको छ भने अल्पकालीन लगानीमा ५८ प्रतिशतले खस्किएको छ ।

व्यवस्थापन खर्चमा भएको वृद्धीको बावजुद कम्पनीले खुद नाफामा समेत १४ प्रतिशतले सुधार गर्दै ११ दशमलब ५१ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । नाफाको रकम बीमांकीय मूल्याङ्कन पश्चात् परिवर्तन हुन सक्नेछ ।

व्यवसाय तथा बीमितको संख्या बढेसँगै कम्पनीको दाबी भुक्तानी रकम पनि १ दशमलब ३६ प्रतिशतले दाबीवापत ८९ दशमलब ५९ प्रतिशतले बढेको हो ।

कम्पनीको वित्तीय विवरण अध्ययन गर्दा दीर्घकालीन लगानीको अनुपातः बढिरहेको र वित्रीय बजारमा निक्षेपको ब्याजदरमा आए तापनि आगामी दिनमासमेत नाफा सन्तुृलित हुने विश्लेषण गर्न सकिन्छ । Photo-Jyoti life



प्रतिक्रिया दिनुहोस्