Logo

कोरोनाविरूद्धको लडाइँ जित्न चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल बढाऔँः मन्त्री ढकाल



२१ वैशाख, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीको अगुवाइमा कोरोनाविरूद्धको लडाइँ लडिरहेको भन्दै उहाँहरूको मनोबल उच्चबनाउनुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा सेभ द चिल्ड्रेनले दिएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले अभावको समयमा विभिन्न संस्थाहरूले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई मनोबल बढाउन सहयोग पुगेको बताए ।

उनले  सामग्रीले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोरोनाको संक्रमणबाट रोक्न सहयोग पुग्ने बताए । उनले स्वास्थ्य सामग्री सहयोग गर्ने संघ/संस्था र व्यक्तिलाई धन्यवाद दिँदै सरकार र नेपाली जनताको कोरोना रोकथाम  र नियन्त्रणको अभियानमा जनाइरहेको ऐक्यवद्धताका लागिआभार प्रकट गरे । मन्त्री ढकालले  प्राप्त स्वास्थ्य सामाग्रीहरू पारदर्शी रूपमाबितरण गरिरहेका भैरहेको भन्दै कुन संस्थाले कतिदिएको र कहाँ-कहाँ वितरण गरिएको भन्ने सबैले जानकारी लिनसक्ने बताए ।

सेभ द चिल्ड्रेनले १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । इन्फ्रारेड थर्मो्मिटर, एन–९५ मास्क, कार्डिआकमोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, ईसीजी मेसिन लगायतका सामग्री उपलब्ध गराउँदै थप २ हजार पीपीई खरिद प्रक्रियामा रहेको सेभ द चिल्ड्रेनको अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले जानकारी दिईन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्