काठमाडौं, २२ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । शनिबारको सचिवतलय बैठकपछि दाहाल पहिलोपटक ओलीलाई भेट्न आज बालुवाटार पुगेका हुन् । उनीहरुबीच अहिले भेटवार्ता जारी छ । दाहालसँग हिजोमात्रै बरिष्ठ नेता माधव कुमार नेपालले भेटेका थिए । सचिवालय बैठक पूनः बैशाख २४ गते साँझ बस्ने निधो भएको छ । शनिबारको सचिवालय बैठकले यही बैशाख २५ गते विहान ११ बजे स्थायी कमिटीको बैठक समेत राखिएको छ । File Photo