Logo

लकडाउनको अवधि १० जेठसम्म लम्ब्याउने तयारीमा नेपाल सरकार



काठमाडौं, २२ बैशाख । सरकारले कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको भन्दै १५ दिन लकडाउन थप्ने तयारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकाले जेठ १० गतेसम्म लकडाउन बढाउनुपर्ने विषयमा छलफल भएको हो ।

भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सिमाना भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको स्रोतलाई उदृत गर्दै आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन लकडाउन बडाउनुपर्ने केही मन्त्रीले धारणा राखेका छन् । आइतबार एकैदिन नेपालगन्जमा १६ जना संक्रमितको देखिएपछि सरकार थप सतर्क अवस्थामा पुगेको हो । नेपालमा आइतबारसम्म ७५ जना संक्रमित भएका छन् । दृष्टि File Photo



प्रतिक्रिया दिनुहोस्