Logo

नेपालगञ्जका कोरोना संक्रमित भारत गइरहनेहरु हुन्-धबल शमशेर जबरा



काठमाडौं, २२ वैशाख । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धबल शमशेर जबरा चर्चित जनप्रतिनिधि हुन् । नेपालगञ्जमा १५ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि उनीमाथि चुनौती थपिएको छ । संक्रमणको रोकथाम र उपमहानगरपालिकाले चालेका कदमबारे उनीसँग ऋषि धमलाले गरेको कुराकानीः
नेपालगन्जमा एकैदिन १५ जनामा संक्रमण देखियो नि ?
यो संकटको घडी हो । अहिलेसम्म नेपालगन्जमा एउटा पनि देखिएको थिएन । एक दिन एक जनामा देखियो । त्यसपछि उहाँसँग सम्पर्क भएका अन्य १५ जना देखिएको छ । अब हामी सबै एकजुट भएर यो संकटको सामना गर्दैछौं ।
समुहमा कसरी देखियो ?
पहिला एकजनालाई देखियो अनि उहाँसँग सम्बन्धित अरु १५ जनामा देखियो ।
फेरिपनि संख्या त बढ्न सक्छ नि ?
सम्भावना छ ।
रोकथामको रणनीति कस्तो अपनाउँदै हुनुहुन्छ ?
यसको निर्देशिका छ । उनीहरुसँग नजिक भएका व्यक्तिहरुको परीक्षण भइराखेको छ । अब सबैलाई ट्रेसभित्र ल्याउनुपर्ने आवश्यकता छ ।
अब समस्या देखियो परीक्षणको लागि सामाग्रीको आवश्यकता छ कि छैन ?
यहाँका सबै वडाका स्वास्थ्यचौकीहरुले काम गरिराखेका थिए । सबैलाई राम्रो भइराखेको थियो । यो संक्रमणले हामीलाई अलिकति चुनौति बढाइदिएको छ । यसको सामना गर्न तयार छौं । कोभिडको अस्पताल पनि तयार छ र ती संक्रमितहरुलाई भर्ना गरिसकेका छौं । प्रदेश माननीयहरु पनि आउँदैहुनुहुन्छ । सबै मिलेर चुनौतिको समाना गर्छौं ।
ती संक्रमितहरुको राम्रो उपचार भइराखेको छ ?
उनीहरुलाई हिजै अस्पताल भर्ना गरेर उपचार भइराखेको छ । आज थप परीक्षण हुँदैछ ।
ती बिरामीको अवस्था कस्तो छ ?
हिजो राति मात्रै लगेको हो अहिले त हस्पिटलमै छन् । सुशील कोइराला क्यान्सर अस्पताललाई हामीले कोभिड अस्पताल बनाएका छौं ।
त्यसोभए त्यहाँ बिरामीहरुलाई उपचारको समस्या छैन ?
उपचार गर्न त समस्या छैन ।
अस्पतालमा बेडको अभाव छैन ?
अहिलेलाई छैन ।
किटहरु प्रदेश सरकारले दिइरहेको छ त ?
अहिलेसम्मलाई छ । अभैm कमी छ आजै आउँछ भन्ने सुनेको छु ।
उपचारमा डक्टरहरुको अभाव छ कि छैन ?
अहिले सबै स्वास्थ्यकर्मीहरुले काम गरिरहेका छन् । आगामी दिनमा कति समस्या थपिन्छ भन्ने अन्योल छ । त्यसबीचमा पनि सबैले आफ्नो काम गरिरहेका छन् ।
नेपालगन्जको कुरा भारतबाट आएको नागरिमा देखिएको होइन ?
मान्छे चाहीं यहीको हो । तर, भारत गइरहने मान्छे हो ।
संक्रमित १५ जना पनि स्थानीयवासी हुन् भारत आवतजावत गर्ने व्यक्ति हुन् ?
पछिल्ला १५ जना त हाम्रै नागरिक हुन् ।
तिनीहरुको अन्य परिवारका सदस्यसँग पनि सम्पर्क थियो होला ?
त्यहीं कारणले भएको हो ।



प्रतिक्रिया दिनुहोस्