Logo

निश्चित समयमा मदिराका बिक्रि गर्न पाउनुपर्ने माग



काठमाडौं, बैशाख २२ । नेपाल पेय पदार्थ संघले तोकिएको सुरक्षाको मापदण्ड अनुसार सामाजिक दुरी कायमगरि स्वास्थ्य एवं सुरक्षाका यथेष्ठ उपायहरु अबलम्बन गर्दे निश्चित समय तोकि मदिराका बिक्रि कक्ष खोल्न सरकारसंग अनुरोध गरेको छ ।

जारी लकडाउनका कारण अर्थतन्त्रमा परिरहेको प्रभावलाई समेत मध्यनजर गर्दे संघले कुल राजश्वमा करिब एक खर्ब जतिको योगदान तथा करिब दुई लाख भन्दा बढीलाई प्रत्यक्ष्य रोजगारी तथा अप्रत्यक्ष समेत गरि लगभग आठ लाखको रोजगारी गुम्ने खतरा बढेको भन्दै विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्