Logo

विष्णु भगवानले आफ्नो विवाहमा गणेशलाई किन लगेनन्



एक समयको कुरा हो विष्णु भगवानको विवाह लक्ष्मीसँग निश्चित भएको थियो । विवाहको तयारी हुन लाग्दै थियो । सबै देवताहरुलाई निम्तो पुगिसकेको थियो तर गणेशलाई भने निमन्त्रणा पठाएनन् । विष्णुको जन्ती निस्कने समय आयो सबे देवताहरु आफ्नो पत्नीको साथमा समारोहमा उपस्थित भए तर गणेश देखा परेनन् । तब सबैले चर्चा गर्न थाले किन गणेशजी आएनन् ।

गणेशजीलाई बोलाइएन वा स्वयंम आएनन् भन्दै एक अर्कामा कुरा हुन थाल्यो । र सबैले विचार गरेर भगवान विष्णुलाई उनी नआएको कारण सोधे । तब विष्णुले भने गणेशका पिता भोलेनाथ महादेवलाई आमन्त्रित गरेका छौ यदि उनी आउन चाहेमा आफ्नो बुबासँग आउन सक्थे उनलाई छुट्टै निम्ता दिनु पर्दैन ।

अर्को पनि गणेश नआउने कारण छ, उनलाई डेढ मुगको खाना, एक चौथाई घ्युको लड्डु र एक चौथाई लड्डु चाहिन्छ । यदि उनी नआए पनि केही छैन अर्काको घरमा गएर धेरै खानु पनि राम्रो होइन ।

यति कुरा गरिरहँदा एक जनाले सुझाब दिए, गणेजजी आएमा तपाइँलाई द्धारपाल बनाएर बसाउँछन । यदि तपाइँ मुसामा बस्नुभयो भने जन्ती भन्दा धेरै पडाडी पुग्नुहुन्छ । यो सुझाव सुनेर विष्णुले पनि सहमती जनाए ।

यत्ति गर्दै गणेश त्यहाँ आएपुगे । उनले सम्झाई बुझाई गरेर उनलाई घरको हेरचाह गर्ने जिम्मा दिइयो र उनी ढोकामा बसे । गणेशलाई ढोकामा बसेको देखेर बस्नुको कारण नारदजी ले सोधे । गणेशजी ले भन,े भगवान विष्णुले मेरो ठुलो अपमान गरे । नारदजी ले भने, यदि तपाइँले आफ्नो मुसाको सेना अगाडी पठाउनु भएमा तिनीहरुले पृथ्वी डुब्ने बाटो खन्नेछन् र तपाइँलाई सम्मानपुर्वक बोलाउनेछन् । नारदजी को कुरा सुनेर गणेशले आफ्नो मुसा सेनाहरुलाई अगाडी पठाए र सेनाले जमिन खने । जब जन्ती त्यहाँ पुगे रथका पांङ्ग्रा जमिनमा फस्यो । धेरै प्रयास गर्दा पनि बाहिर निस्कन सकेनन् । रथ झन ठाउँ ठाउँमा भाँच्चिन थाल्यो ।

नारदजी ले भगवान विष्णुलाई भने, गणेजजी को अपमान गरेर राम्रो गर्नु भएन । यदि गणेशलाई मनाउन सक्नुभयो भने तपाइँको संकट सल्टाउन सकिन्छ । शंकर भगवानले गणेशलाई लिन पठाएर गणेशको निकै आदर पुर्वक पुजा गरे त्यसपछि रथको पाङ्ग्राहरु देखिन थाल्यो ।

त्यहाँ खेतमा एक जना मानिस काम गरिरहेका थिए उनलाई बोलाएर रथ मर्मत गर्न लगाइयो । उनले काम शुरु अघि भगवान गणेशको प्राथना गरे, ‘श्री गणेशाय नमः’ । हेर्दा हेर्दै उनले सबै पाङ्ग्रालाई ठिक पारेर र भने, देवताहरु हो तपाइँले सर्वप्रथम गणेशजी लाई मनाउनु भएन होला र उनको पुजा भएन यसैकारण तपाइँको साथमा उस्तो संकट आयो ।

हामी त मुर्ख अज्ञानी हो तैपनि पहिला गणेशजीलाई पुज्छौ, उनको ध्इान गछौ । तपाइँहरु त देवतागण हो तैपनि गणेशजीलाई कसरी भुल्नु भयो ? अब सबैले भगवान श्री गणेशजीको जय बोलेर जानुहोस् र कुनै संकट आउने छैन । यसरी भगवान विष्णुको जन्ती लक्ष्मीको घरमा पुगी विवाह सम्पन्न गरी सबै सकुशल घर फर्किए । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्