Logo

संसद्को बैठकलाई कोरोना सङ्क्रमणमुक्त बनाउन छलफल



काठमाडौँ, २२ वैशाख : सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय संसद्को बैठकलाई कोरोना सङ्क्रमणबाट सुरक्षित बनाउने उपायका बारेमा आज जानकारहरुसँग छलफल गरेका छन् । सभामुखको कार्यकक्षमा आज उनीहरुले इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डे र सिभिल अस्पताल काठमाडौँका निर्देशक डा दीर्घराज आरसीसँग छलफल गरेको सभामुखको सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्अन्तर्गतका सभाहलमा माननीय सदस्यका लागि विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसारको सामाजिक दूरी कायम हुने गरी बसाइ व्यवस्थानको काम भइरहेको छ । सङ्घीय संसद्को छैठौँ बैठक यही वैशाख २६ गते अपरान्ह् ४ बजेका लागि आह्वान भएको छ ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्