Logo

लकडाउनको मोडालिटीको प्रस्तावित खाकाः के खुल्ने के बन्द हुने



काठमाडौं, २२ वैशाख । सरकारले लकडाउनको नयाँ मोडालिटी बनाई लम्ब्याउने भएको छ । यसका लागि कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको आजको बैठकले खाका तयार गरेको छ ।

प्रस्तावित खाका मन्त्रिपरिषदको बैठकमा लगी पारित गरिने भएको छ । खाकामा रेड जोन र ग्रीन जोन बनाएर लकडाउन खुकुलो र कडाई गर्ने नीति ल्याउन लागिएको छ । यो नीति अर्को सुचना प्रकाशित नभएसम्मका लागि लागू गर्ने गरी मन्त्रिपरिषदबाट पारित गर्ने तयारी भएको समिति स्रोतले जानकारी दिएको छ ।

आज समितिको बैठकमा संयोजक रहेका उपप्रधानमन्त्री इश्वर पोखरेललगायत मन्त्रीहरु, सुरक्षा अंगका प्रमुखहरुलगायत अधिकारीहरु सहभागी थिए ।

के छ प्रस्तावित खाकामा
सीमा क्षेत्र रेड जोनमा, आवागमन पूर्ण रुपमा ठप्प पारिने
पास पाएका र अनुमति पाएका निजी तथा सार्वजनिक कुनैपनि सवारी साधन सञ्चालन गर्न निषेध
यात्रु ओसारपसारका लागि अनुमतिविना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा निषेध
शैक्षिक संस्था बन्द
भीडभाड हुने बजार खोल्न निषेध
सिनेमा हल खोल्न नपाइने
खेल स्थल सञ्चालन गर्न नपाइने
शैक्षिक संस्था खोल्न नपाइने

ग्रिनजोनमा रहेका के के सञ्चालन गर्न पाइने
कृषि कार्य गर्न छुट
पशुपालन र त्यससँग सम्बन्धित कारोबार गर्न छुट
अत्यावश्यक मालमान ढुवानी गर्न पाइने
उद्दोग, कलकारखाना जस्ता अत्यावश्यक सेवाहरु सावधानी अपनाएर सञ्चालन गर्न पाइने
तयारी खानेकुरा विक्रीवितरण गरी आपूर्ति गर्ने होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न पाइने
सावधानी अपनाएर भौतिक निर्माण गर्न छुट

सञ्चालनमा छुट दिइएका कार्यहरु सावधानी अपनाएर मात्र गर्न पाइने र ग्रीन जोनमा हुनुपर्ने उल्लेख गरिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्