Logo

काठमाडौं कोरोनाको जोखिममा छ, तत्काल लकडाउन खुलाउनुहुँदैन् : डा. सागर राजभण्डारी



काठमाडौं, २२ बैशाख । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राज भण्डारीले काठमाडौं अझैपनि कोरोना भाइरस (कोभिड १९) को जोखिममा रहेकाले तत्काल लकडाउन खुकुलो बनाउन नहुने धारणा राखेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हसन् ।

उनले काठमाडौं उपत्यका अझैपनि कोरोनाको जोखिममा रहेको बताएका हुन् । यसलाई मध्येनजर गर्दै सरकारले लकडाउन कार्यान्वयनमा कडाई र तत्काल खुकुलो बनाउन नहुने पनि उनको सुझाव छ । यद्धपी उनले नेपालमा कोरोना भाइरसकै कारण कसैको पनि निधन नहुने दाबी गरे । उनले कोरोनाबाट जोगिनको लागि सरकारले लकडाउन लम्ब्याउनुपर्ने पनि सुझाव दिए । काठमाडौं उपत्यकाबाहिरबाट अहिले आउने क्रम जारी रहेकोले मानवीय आवातजावात रोक्नुपर्ने पनि उनको सल्लाह छ । उनले भने,”काठमाडौंबाट बाहिर जान रोकेर के गर्नु ? उताबाट आउने क्रम जारी छ । म त भन्छु अब आवातजावात रोक्नुपर्छ ।”

उनले कोरोनाको परीक्षणको दायरा अझै बढाउनुपर्ने आवश्यकत्ता औंल्याएका छन् । नेपालले कोरोनाको रोकथामको लागि लकडाउनको लगाउने कामपनि ढिला गरेको र यो बीचमा लकडाउन कार्यान्वयनमा उदासिनता भएको उनको गुनासो छ । पछिल्लो समय बाँकेमा एकैचोटी ठूलो संख्यामा कोरोनाको संक्रमण देखिएपछि यो समूहमा सर्ने चरणमा पुगेको पनि उनले खतरा औंल्याए । File Photo



प्रतिक्रिया दिनुहोस्