Logo

कोरोना असरः यार्सा टिप्ने पाटन बने सुनसान



रुकुम,बैशाख २३ । विगतका वर्षमा यतिबेला रुकुम तथा डोल्पाका बुकीपाटनमा सर्वसाधारणको भीडभाड हुने गथ्र्यो । यतिबेला यार्सा टिप्ने समय भएकाले रुकुम तथा अन्य जिल्लाका सार्वसाधारण पाटनमा पुग्ने गर्थे ।तर यस वर्ष भने कोभिड १९ को त्रासले लकडाउनका कारण बुकिपाटनयार्सा टिप्न नपाइने भएपछि सुनसान हुन पुगेको हो ।

यार्सा टिप्न जानेको लर्का लाग्ने सडकसमेत सुनसान रहेका छन् । जाजरकोट–डोल्पा सडक झन्डै महिनादिनदेखि सुनसान छ । यो सडकमा यतिबेला सबभन्दा बढी चहलपहल हुनुपर्ने हो ।

सवारीसाधन तथा पैदलै डोल्पा पुग्न उछिनपाछिन गर्नुपर्ने बेला सडक र पैदलै हिँड्ने बाटोघाटो सुनसान छ । कोरोना भाइरसको कारण नै चहलपहल हुनुपर्ने ठाउँ सुनसानबनेका हुन् । कोरोना भाइरसकै कारणयो सडक र बाटोमा हिँड्नेहरूले घर छाडेका छैनन् ।

डोल्पा र रुकुम पूर्व बहुमूल्य जडिबुटी यार्सा पाइने नेपालको मुख्य स्थान हुन् । डोल्पाका अधिकांश पाटनमा यार्सा पाइन्छ । यो समय सिजन सुरुवातको मुखैमा लकडाउन भएका कारण यार्सा खोज्न तथा खोजेको यार्सा संकलनका लागि पाटन जानेहरू घर छाड्न नसकेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्