Logo

‘लकडाउन’को स्वरुप परिवर्तन हुन सक्ने



काठमाडौं, बैशाख २३। सरकारले ४१ दिनदेखि लगाउँदै आइरहेको लकडाउनको मोडालिटी परिवर्तन गर्ने संकेत गरेको छ । ११ चैतदेखि जारी लकडाउन २५ वैशाखसम्म कायम रहनेछ । २५ वैशाखपछि भने सरकारले लकडाउनको स्वरूप परिवर्तन गरी क्षेत्रअनुसार केही खुकुलो बनाउने तयारी गरेको हो ।

सरकारको योजनाअनुसार २५ वैशाखपछि कृषिजन्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्री वितरणमा बन्देज नलाग्ने गरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका अधिकारीले सर्तसहित राजधानीलगायत विभिन्न स्थानमा लगाइएको लकडाउन खुकुलो बनाउँदै लैजानुपर्ने सुझाव दिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिएको आजको राजधानी दैनिकमा खवर छ।



प्रतिक्रिया दिनुहोस्