Logo

राजदूत आचार्यले प्रवासी नेपालीलाई ढाँटेको दावी



काठमाडौं, बैशाख २३। भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले कुनै समस्या परे दूतावासमा फोन गर्न आग्रह गरेपनि भारतमा रहेका नेपालीहरुले भने दूतावासको फोन नउठ्ने गरेको गुनासो गरेका छन् ।

पत्रकार ऋषि धमला र राजदूत आचार्यबिच भएको अन्तर्वार्ता सामाजिक सञ्जाल तथा अनलाइनबाट सुनेपछि उनीहरुले राजदूत आचार्यले झुटो बोलेको दावी गरेका हुन् । उक्त अन्र्तवार्तामा राजदुत आचार्यले भारतमा रहेका नेपालीलाई कुनै समस्या नरहेको र समस्या परेमा दूतावासमा फोन गर्न सक्ने जनाएपनि फोन नउठ्ने गरेको जनाइएको छ ।

उनले समस्यामा परेका सवै नेपालीलाई बसेकै ठाउँमा खाने र बस्ने व्यवस्था गरिएको दावीसमेत गरेका थिए। तर भारतमा रहेका धेरै नेपालीले उनको भनाई असत्य रहेको दावी गर्दै आक्रोस व्यक्त गरेका छन् ।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले दूतावास अत्यन्त सुस्त रहेको र नेपालीका बारेमा वेप्रवाह रहेको बताएका छन् । नेपाल सरकार र दुतावासको व्यवहार देख्न नेपालीलाई यही मार्न खोजे जस्तो देखिएको पनि उनको भनाई छ ।

नेपालका हरेक आन्दोलन र परिवर्तनमा भारतमा रहेका नेपालीहरुको अग्रणी भूमिका रहेको बताउदै उनले उनीहरुप्रति राज्यले वेवास्ता गरेकाले प्रवासीहरु आक्रोशीत भएको बताए ।



प्रतिक्रिया दिनुहोस्