Logo

६४ हजारको परीक्षण, ४ सय ५० जना सम्भावित जोखिमको सूचिमा



वैशाख २३, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ६४ हजार ७७ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८२ वटा परीक्षण भएको छ । हालसम्म १३ हजार ८ सय ५० जनाको पिसीआर परीक्षण र ५२ हजार २ सय २७ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

पछिल्ला दिनमा प्रदेश सरकारमार्फत आरडटी अर्थात ¥यापिड टेस्ट परीक्षण भइरहेको छ । अहिलेसम्म प्रदेश एकमा ६१२२, प्रदेश दुईमा ५७७८, बागमति प्रदेशमा ८९४०, गण्डकी प्रदेशमा ६०७४, प्रदेश पाँचमा ५१९३, सुदूरपश्चिम प्रदेशमा १४,२४४ र कर्णाली प्रदेशमा ५८७६ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा २१ हजार ९९ व्यक्ति छन् । प्रदेश एकमा २१२४, प्रदेश दुईमा १२९०, बागमति प्रदेशमा २५८, गण्डकी प्रदेशमा ७२६, पाँच नम्बर प्रदेशमा ८९२२, कर्णाली प्रदेशमा ३७५४, र सुदूरपश्चिम प्रदेशमा ४०२५ जना क्वारेन्टइनमा रहेका छन् ।

आइसोलेसनमा १ सय २० जना सम्भावित कोरोना संक्रमित रहेका छन् । तिमध्ये काठमाण्डौ उपत्यकामा २ जना मात्रै छन् । नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको दुई वटा कल सेन्टरहरु (११३३ र १११५) मा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ९२ वटा कलको सम्बोधन भएको छ । हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म ३२ हजार ८ सय ५६ रहेको छ । तिमध्ये ३ सय ३० जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ । स्वमूल्याङ्कनका आधार र आइसोलेसनमा रहेका गरी कूल ४ सय ५० जनालाई सम्भावित जोखिमको सूचिमा राखिएको छ ।

काठमाण्डौ उपत्यकामा अहिलेसम्म ४ जनामा कोरोना संक्रमण भएको छ । तर चारै जना उपचारपछि निको भएकाले उपत्यकामा अहिले संक्रमित छैनन् । यसअर्थमा काठमाण्डौ उपत्यकामा कोरोनाको जोखिम कम छ भन्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्