Logo

भगवान श्रीकृष्णको जन्म



भाद्र कृष्णाष्टमी तिथीको रातमा रोहीणी नक्षत्रमा मथुराको कारागारमा वासुदेवको पत्नी देवकीको गर्भबाट भगवान श्रीकृष्णले जन्म लिएका थिए । आज पनि उक्त तिथीले शुभ घडीको सम्झना गराउने हुँदा सबै देशमा धुमधामसँग मनाइन्छ । द्धापर युगमा भोजवंशी राजा यग्रसेन मथुरामा राज्य गर्दथे । उनले मानेको छोरा कंसले उनलाई गद्दीबाट हटाइदियो र मथुराको राजा आफै बने । कंसको बहिनी देवकी थिइन् जसको विवाह वासुदेव नामका यदुवंशी सरदारसँग भएको थियो ।

एकपटक देवकीलाई कंसले ससुराल पु¥याउदै गर्दा बाटोमा आकाशवाणी भयो, “हे कंस जुन देवकीको धेरै प्े्रमले लगि रहेका छौ, यही नै तेरो काल हुनेछ । उसकै गर्भबाट उत्पन्न भएको आडौ सन्तानले तेरो हत्या गर्नेछ । ” यो सुनेर कंसलाई वासुदेवलाई मार्न खोजे ।

तब देवकीले दाजुलाई भनिन् मेरो गर्भबाट निस्केको सन्तान जति भएपनि तपाइको सामुन्ने ल्याइदिन्छु ज्वाईलाई मारेर के लाभ हुन्छ ? कंसले बहिनीको कुरा मान्यो र मथुरा फिर्ता गयो । उसले तुरुन्त देवकी र वासुदेवलाई जेलमा हालिदियो । वासुदेव–देवकीको एक एक गरेर सात सन्तान जन्मिए सबै सातै सन्तानलाई कंसले मारीदियो । अब आठौ बच्चा हुने समय आएको हुनाले कारागारमा बलिया सुरक्षाकर्मी राखिदियो । उक्त समयमा नन्द को पत्नी यशोदाको पनि बच्चा हुनेवाला थियो । उनले वासुदेव र देवकीको दुखी जीवन देखेर आठौ बच्चाको रक्ष ागर्ने उपाय निकाले । जुन समय देवकीको छोरा जन्मियो, उक्त समय संयोगले यशोदाको गर्भबाट एक कन्याको जन्म भयो । उनी अरु कोही नभएर माया थिइन् । जुन कोठामा देवकी र वासुदेव थिए उक्त कोठामा अचानक प्रकाश आयो र उनीहरुको अगाडी शंख, चक्र, गदा, पद्य धारण गरेका चर्तुभुज भगवान प्रकट भए । दुवै जनाले भगवानको चरणमा शिर झुकाए तब भगवानले भने, ‘अब म पुनः नवजात शिशुको रुप धारण गर्नेछु । ’तिमीले मलाई यसै समयमा आफ्नो मित्र नन्दको घर वृन्दावनमा लैजाउ र उनको भर्खर जन्मेको कन्या छिन् उनलाई यहाँ ल्याउ । यस समय वातावरण ठिक छैन तर तिमी चिन्ता नगर्नु । सुरक्षाकर्मी सबै सुत्छन्, कारागारको ढोका आफै खुल्नेछ र यमुना नदिले तिमीलाई पारी जान बाटो दिनेछन् । ’

उक्त समय वासुदेव नवजात शिशु–रुप कृष्णलाई सुपमा राखेर कारागारबाट निक्लिए र युमुना नदि तरेर वृन्दावनमा नन्दजी को घरमा पुगे । उनले आफ्नो बच्चा यशोदालाई दिएर यशोदाको कन्या लिएर मथुरा आए । कारागारको ढोका उनी फर्किएपछि आफै बन्द भयो ।

अब कंसलाई सुचना मिल्यो देवकीको बच्चा जन्मियो भनेर । कंसले कारागारमा देवकीको हातबाट नवजात शिशु उचालेर जमिनमा फाल्न लागेका थिए तर ती कन्या आकाशमा उडेर गएर भनिन् ‘हे मुर्ख मलाई मारेर के हुन्छ ? तलाई मार्ने वृन्दावनमा पुगिसकेको छ । उसले छिटो नै तेरो पापको सजाय दिनेछ । ’ यहि नै हो कृष्णको जन्म कथा । (धर्मग्रन्थमा आधारित)



प्रतिक्रिया दिनुहोस्