Logo

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो



एजेन्सी, २३ वैशाख । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघेको छ । संक्रमितको संख्या ४६ सय नाघेको छ ।

भारतमा गएको २४ घन्टाभित्र ३९ सय जना संक्रमित भएको र १९५ जनाको मृत्यु भएको तथ्यांक छ । यो अहिलेसम्म एकै दिन बढी संक्रमित र मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

४६ हजार ४ सय ३३ जना संक्रमित भएका छन् । भारतमा कोरोना भाइरसको रोकथामका लागि लकडाउनलाई निरन्तरता दिइएको छ । संक्रमित संख्या बढिरहेपनि भारत सरकारले लकडाउनले कोरोना धेरै फैलन नपाएको जनाउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्