Logo

कथा कोरोनाको



प्रशान्त भट्टराई: नयाँ ठिमी, भक्तपुर । एकादेशको कुरा हो एउटा कोरोना भन्ने डरलाग्दो प्राणीको जन्म भयो । त्यो डरलाग्दो प्राणी जन्मिने बित्तिकै देश विदेशमा ठुलो त्रास उत्पन्न भयो । त्यसको कारण धेरै मानिसले ज्यान गुमाउनु पनि प¥यो । त्यस्ले आफ्नो जन्म चीनको वुहान भन्ने सहरमा २०१९ को अन्त्य तिर लिएको थियो । जुन देश विदेशमा रहेका सबै मानिसमा फैलियो । त्यो जन्तु एक भाइरस थियो जस्को कारणले सबै संसारका मानिसहरु डराएर घर मै थुनिएर बस्न थालेका थिए । पहिले त त्यस्को उत्पती कहाँ र के बाट भयो भन्ने जता ततै खोजी भईरहेको थियो तर बिस्तारै विज्ञहरुको खोज अनुसन्धानद्वारा त्यस जन्तुको प्रकोप फैलिनुको पछाडी एउटा भाइरस रहेछ भन्ने थाहा भयो ।

कोरोना भाइरस अर्थात Covid-19 स्तन्धारी जनावर (mammal) चमेरोबाट फैलिएको हो भन्ने बिज्ञहरुले पत्ता लगाए । Covid-19 अर्थात कोरोना भाइरस – २ भन्दा अगाडी SARS Corona भाइरस अर्थात कोरोना भाइरस–१ को उत्पत्ति २००२ मा चीनको गुआङ्दोङ् भन्ने ठाउँमा भएको रहेछ, जस्ले गर्दा महमारी फैलाएको थियो । त्यो जन्तुले पनि त्यस समयमा (२००२) मा पनि धेरै दुःख दिएको रहेछ । विज्ञका अनुसार यो भाइरस चमेरा मा पाईन्छ रे । यो भाइरस चमेराबाट हामी मानिसमा सिधंै फैलिएको भने होइन रहेछ । यो भाइरस चमेराबाट Civet भन्ने बिरालोमा सरेको रहेछ र त्यसबाट मानिसमा सरेर फैलिएको भन्ने २००३ मा पत्ता लागेको थियो । त्यति बेला यो जन्तु करिब २६ वटा देशमा फैलिएको थियो जसका कारण धेरै मानिसमा यो भाइरस देखिएको थियो ।

कोरोना भन्ने जन्तु बिचमा हराएको थियो तर फेरी यो बिस्तारै २०१९ को अन्त्य तिर वुहान भन्ने सहरमा एक्कासी देखा प¥यो, जस्को कारण धेरै मानिसले ज्यान गुमाउनु पर्यो । कोरोना भाइरस २ अर्थात Covid-19 पनि चमेरोबाट फैलिएको रहेछ तर यो भने Civet बिरालो नभएर Pangolin भन्ने स्तन्धारी जनावरबाट फैलिएको बिज्ञहरुले पत्ता लगाए । झन् Covid-19 भन्ने जन्तुले त विश्व भरीका मानिसलाई दुःख दिएको थियो । त्यस कारण लाख भन्दा बढी मानिसमा यो भाइरस देखिएको थियो र हजारौ मानिसहरुको मृत्यु भएको थियो । त्यसै गरी धेरै मानिसहरु निको पनि भएका थिए ।

नेपालमा पनि यसको संक्रमण भएको थियो । तर सरकारले समय मै लकडाउन गरेको कारण यो जन्तु हाम्रो देशमा धेरै फैलिन पाएन । म पनि परिवारसँग सुरक्षित भएर घरमै बसेको थिएँ । यो कोरोना भन्ने जन्तुले त “म कसैलाई नि छोड्दिन” भनेर हामी सबैलाई घर मै बस्न चेतावनी दिएको थियो । त्यसैले यो जन्तुबाट बच्न हामी सबै जना घर मै बसेका थियौं । घर बाहिर जानु पर्यो भने पनि मास्क लगाउथ्यौं अनि बाहिर कतै गएर घर फर्कने बितिकै साबुन पानीले मिची मिची हात धुन्थ्यौं । त्यस्तो बानी बसालेको भएर त त्यो जन्तुले हामीलाई छुन पनि सकेन । त्यही बेला देखि साबुन पानीले हात धुने र घर बाहिर जाँदा जहिले पनि मास्क लगाउने बानी प¥यौं ।

त्यसैले हेर त आज पनि म मास्क लगाएर हिड्छु । त्यही भएर नै आजसम्म म हेर त कति निरोगी र फुर्तिलो छु । बुझ्यौं ! तिमीहरु पनि सुरक्षित हुन चाहन्छौ भने आजैबाट साबुन पानीले हात धुने र घर बाहिर जाँदा जहिले पनि मास्क लगाउने बानी बसाल । यी कुराहरु आफु पनि सिक र सबै साथी भाई र परिवारलाई पनि सिकाउ है । यसो गरेमा हामी धेरे रोगबाट बच्न सक्छौं ।



प्रतिक्रिया दिनुहोस्