Logo

यहुदी दिमागले सबैभन्दा छिटो भ्याक्सिन बनाउनसक्ने



एजेन्सी, २३ वैशाख । सँसारमा ठूला आविष्कार देखि चिन्तकहरुमा यहुदीको बाहुल्य बढी छ । तीक्ष्ण बुद्धि र मिहेनतका कारण यहुदीहरु सँसारमा हावी छन् । यसपटक कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन पनि यहुदी मूलयका वैज्ञानिकहरु सक्रिय छन् ।

इजरायलले नोभल कोरोनाभाइरसको एन्डिबडी विकासमा उल्लेख्य सफलता हासिल गरेको जनाएको छ । इजरायलको बायोलोजिकल रिसर्च इन्स्टिच्युटले भाइरस संक्रमितको शरीरको भाइरसलाई आक्रमण गरी निष्कृय पार्ने एन्डिबडी विकास गरेको जनाएको छ । इजरालयका रक्षा मन्त्री नाफटाली बेनेटले यस्तो विकासबारे जानकारी गराएको पीटीआइले उल्लेख छ ।

भ्याक्सिन बनाइरहेको उक्त रिसर्च संस्थाले एन्डिबडी विकास गरेको जनाइएको हो । बेनेटले संस्थाको कामबाट गर्व व्यक्त गर्दै यहुदी दिमागले ठूलो सफलता हासिल गरेको बताएका छन् । भाइरसलाई नष्ट गर्ने क्षमता राख्न सक्ने प्रोटिन पत्ता लागेको समेत भनिएको छ । अनुसन्धानबाट पत्ता लागेको विषयको रिसर्च पेपर छिट्टै प्रकाशित गरिने जनाइएको छ ।

यहुदी बाहुल्यको इजरायलले प्राप्त गरेको सफलतालाई निकै चासोका साथ हेरिएको छ । इजरायल विज्ञानका क्षेत्रमा निकै अगाडि छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्