Logo

विश्वभर मृत्युु र संक्रमणदर फेरि बढ्यो, हेर्नुहोस सम्पूर्ण विवरण



(अपडेट: वैशाख २४ गते राति १ बजे)
वैशाख २४, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ५६ हजार ३ सय ९७ जना पुगेको छ ।
कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ ।
अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बुधबार राति १ बजेसम्मको रिपोर्टअनुसार ७१ हजार ३ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४ सय ५१ जनाको मृत्यु भएको छ । यो संख्या अघिल्लो दिनभन्दा निकै बढि हो ।
सोमबार जम्मा ५ सय २३ जनाको मृत्यु भएको थियो ।
त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या १२ लाख २६ हजार ६ सय पुगेको छ । तिमध्ये १ लाख ९२ हजार २ सय जना मात्रैै उपचारपछि निको भएका छन् ।
अझै ९ लाख ६२ हजार अमेरिकी नागरिकको उपचार भइरहेको छ । उता, बेलायतमा मृत्यु हुनेको संख्या २९ हजार ४ सय २७ पुगेको छ । संक्रमितको संख्या १ लाख ९५ हजार नाघेको छ । बेलायतमा पनि मृत्युदर अघिल्लो दिनमाभन्दा बढेर ६ सय ९३ पुग्यो ।
त्यहाँ सोमबार २ सय ८८ जनाको मृत्यु भएको थियो । जुन अघिल्ला दिनमाभन्दा थोरै थियो ।
कोरोनाको उद्गमस्थल चिनमा ८२ हजार ८ सय ८१ जना संक्रमित भएका छन । पछिल्लो २४ घण्टामा १ जना संक्रमित थपिए । त्यहाँ ७७ हजारभन्दा बढि उपचारपछि निको भइसकेका छन् ।सोमवार इटालीमा १ सय ९५ जनाको मृत्यु भएको थियो भने मंगलबार २ सय ३६ जनाको मृत्यु भयो ।

स्पेनमा सोमबार १ सय ६४ जनाको मृत्यु भएको थियो भने मंगलबार १ सय ८५ जनाले ज्यान गुमाए । यी दुवै देशमा पनि अघिल्लो दिनको तुलनामा मृत्यु हुनेको संख्या बढेको हो ।

योसहित इटालीमा मर्नेको संख्या २९ हजार ३ सय १५ पुगेको छ भने स्पेनमा २५ हजार ६ सय १३ पुगेको छ ।

फ्रान्समा २५ हजार ५ सय ३१ जनाको मृत्यु भइसकेको छ । फ्रान्समा १ लाख ७० हजार ५ सय जना संक्रमित छन् ।

त्यहाँ पनि सोमबार ३ सय ६ जनाको मात्रै मृत्यु भएकोमा मंगलबार ३ सय ३० जनाको मृत्यु भयो ।

छिमेकी मुलुक भारतमा मृत्यु हुनेको संख्या १ हजार ६ सय ९३ जना पुगिसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ सय २७ जनाको मृत्यु भयो भने करिब ३ हजार नयाँ संक्रमित थपिए ।

भारतमा संक्रमितको कुल संख्या ४९ हजार ४ सय नाघेको छ । भारतमा भने मृत्यु हुने र संक्रमितको संख्यामा कमी आएको छैन ।

कुन देशमा कतिको मृत्यु ?(१ हजारभन्दा बढि मृत्यु भएका देशहरु)

बेेेेेेेेेेल्जियम – ८०१६

जर्मनी – ६९९३

इरान – ६३४०

ब्राजिल – ७४८५

नेदरल्याण्ड – ५१६८

टर्की – ३५२०

क्यानडा – ४०३६

स्विडेन – २८५४

स्विजरल्याण्ड – १७९५

मेक्सिको – २२७१

इक्वेडर – १५६९

आयरल्याण्ड – १३३९

रुस – १४५१

पेरु – १३४४

पोर्चुगल – १०७४

चिनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना अहिले विश्वभरका २ सय १२ देशमा फैलिएको छ ।

अहिलेसम्म यो भाइरसका कारण ३७ लाख ६ हजार ७ सय संक्रमित भएका छन् । संक्रमितमध्ये करिब १२ लाख २७ हजार ५ सय जना निको भएका छन् । उपचाररत करिब २२ लाख १८ हजारमध्ये करिब ४९ हजारको अवस्था भने चिन्ताजनक छ ।

विश्वभर पछिल्लो २४ घण्टामा ६३ हजार २ सय जना संक्रमित थपिए । अघिल्लो दिनको २४ घण्टामा ५७ हजार संक्रमित थपिएका थिए । त्यसैगरि मंगलबार ४ हजार ३ सय ७० जनाको मृत्यु भयो । जबकी सोमबार जम्मा २ हजार ६ सय ५८ जना मृतक थपिएका थिए ।



प्रतिक्रिया दिनुहोस्