Logo

सेनालाई गैरसैनिक जिम्मेवारी थपेको थप्यै



काठमाडौं, बैशाख २४ । मुलुकको एक मात्र अराजैतिक चरित्र बोकेको नेपाली सेनालाई सरकारले विभिन्न कामको जिम्मेवारी दिंदा उक्त संस्था बेला–बेलामा विवादमा पर्ने गरेको छ ।

सरकारले पछिल्लो समय कोरोना संक्रमणको औषधी गरिद गर्ने जिम्वारी दिएपछि सो संस्था विवादमा तानिएको छ । सरकारले कोरोना संक्रमण बिरुद्धको लडाइँ लड्नका लागि खरिद गरेको औषधीमा घोटाला भएको समाचार सार्वजनिक भएपछि सरकारले ठेकेदार कम्पनीसंग संझौता रद्ध गरी सेनालाई औषधी खरिदको जिम्मेवारी दिने निर्णय गरेसँगै सेना विवादको विषय बन्न पुगेको हो ।

सरकारले तराई मधेश द्रुत मार्ग निर्माण होस् वा दुर्गम क्षेत्रका सडक निर्माण गर्नका लागि सेनालाई अघि सारेको छ, र सरकारको कामप्रति जनताले प्रशंसा पनि गरेको अवस्था छ । तर पनि यस्ता काम गैरसैनिक निकायका हुन् भन्ने अडान राख्ने नागरिक समाज पनि बलियो छ ।

पछिल्लो पटक बसेको मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमणको कारण देखाउँदै बिमानस्थल, कारागार लगायतका महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी सेनालाई दिने निर्णय गरेपछि मुलुकको लोकतान्त्रिक पद्धतिको बारेमा समेत प्रश्न उठ्न थालेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्