उज्जल धमला “ बिबस” : समय कहाँबाट कहाँ पुगिसक्यो । पुरानो ईतिहासलाई समयले किताबको पाना पल्टाएझै पल्टाएको छ । हाम्रो देश नेपालपनि अब पुरानो ढाँचामा आधारित छैन । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा प्राथमिक पाईलाहरु चाल्ने क्रममा छ । नयाँ नेपालका पुराना नायकहरु नयाँ नयाँ विचारहरु प्रस्तुत गर्दैछन्। तर, ती बिचारहरु ब्यबहारमा लागू हुने तरिका भने पुरानो पाराको छ। नयाँ नेपालका पुराना नायकहरु जतिनै चर्को भाषण दिए तापनि ती ब्यबहारमा लागू हुने तरिका भने पुरानो पाराको छ । चाहे सत्तापक्ष होस् या प्रतिपक्ष नै किन नहोस् । जतिनै चर्को भाषण दिएपनी ती ब्यबहारमा लागू हुने सवालमा जनताको बिश्वास देखिँदैन। बिश्व नै यतिवेला कोरोना भाइरस (कोभिड-१९) को माहामारिमा रहेको बेलामा यी पुराना नायकहरु चाहीँ नेपाली जनताप्रति बेमतलबी र स्वार्थीपन देखाईरहेका छन् ।
यी बिषय बस्तुहरुले पनि जनताप्रतिको माया यी नयाँ नेपालका पुराना नायकहरुको स्पस्ट रुपमा देखिन्छ,। जनताको बिश्वासमा समेत नराम्रो दाग पारिसकेका यी नेताहरु बर्तमान र भविष्यका आशाहरुमा राष्ट्र चलाउने पुराना खेलाडीहरुले गोरु दाँई गरेपछि मुलुकबासी धोकामा परेका छन्। स्वर्णिम नेपालको परिकल्पना तथा योजनाहरु योजनामा नै सिमित छन् । सरकार प्रलोभन देखाई भाषण गरि हिँड्दछ। तर तीन को भाषण गराईनै पुराना पाराका छन्। यो जनताको मानसपलटमा परिसकेको छ। खरबको बजेट कोरोना राहत कोषमा जम्मा भएता पनि दुःखी नेपाली जनता आज भोक र भोकै मर्न परेको छ,। यिनीहरुले जति रोजगारीको नारा लगायता पनी आज जाँगरिला हातहरु खाडिमा मुलुकमा पसिना बगाउन बाध्य भैसकेका छन्।
गाँऊघरमा सडक पुराएको भनेर प्रचार बाजि गरेतापनी रोल्पा, रुकुम ,जाजरकोट लगायतका बिरामी बिच बाटोमा मर्न बिबस छन्। शिक्षालाई आधारभुत आबश्यकता भनेर संसदबाट ताली बजाए तापनी बिधालयमा बिधार्थीले समयमा किताब पाउन सकेका छैनन्। अनलाइन शिक्षा प्रणाली प्रभाबकारी भएको भनेपनी नेपाली जनता टावरको प्रतिक्षामा रुख चढ्न बाध्य भएका छन् । पत्रकारलाई सुरक्षा नियमावली बिधेयक पारित गरेतापनी मध्य दिँऊसो नै पत्रकारको हत्या हुन्छ, आम नेपाली जनताहरुलाई सुरक्षा दिने सुरक्षा पोस्ट खडा गरेतापनी दिउँसै सुरक्षामा खटिएको प्रहरीको घरमा चोरी हुन्छ। सरकार पुल बिधालय उद्घाटनमा मात्र सिमित छ, संविधान बनाउनको निम्ति खडा गरिएको संविधान सभाको हल शून्य छ । बर्तमान समयमा सबै नेपाली जनताहरुमा एउटा ठुलो जिम्मेवारी आएको छ । नयाँ नेपाललाई ब्यबहारमा उतार्न साँच्चै नयाँ बिकसित सक्षम र स्वर्णिम भबिश्य सुनिश्चित गर्न आवश्यक छ ।