Logo

सिताजयन्तीको अवसरमा मन्दिर परिसर भित्र रहेको सिताको बडेमै केक काटिएपछि…



जनकपुरधाम २४ वैशाख : सिताजयन्तीको अवसरमा मन्दिर परिसर भित्र रहेको सिताको बडेमै केक काटिएपछि मन्दिरका महन्थ आलोचित भएका छन् । मन्दिरले गलत परम्पराको सुरुवात गरेको भन्दै आलोचना हुन थालेको छ । त्रेता युगमा सिताको जन्म भएको दिनको सम्झानामा मनाइने सिता जयन्तीको अवसरमा जनकपुर जानकी मन्दिर भित्र केक काटिएको छ । जानकी मन्दिरमा आयोजना गरिएको विषेशपुजा पाठको क्रममा केक समेत काटिएपछि सामाजिक संजाल आलोचना हुन थालेको छ ।

सिता जयन्तीको अवसरमा प्रत्येक वर्ष १२ बजे विषेश पुजापाठ र आरती हुने गरेको छ । सो क्रममा जानकी मन्दिरमा विशेष पुजापाठको आयोजना गरिएको हो । पुजा पाठको क्रममा भगवानलाई केक भोग लगाइएको र सो तस्वीर सार्वजनिक भएपनि समाजिक संजालमा विभिन्न प्रकारको टिका टिप्पणी सुरु भएको छ । अवध मिथिला फाउण्डेसनका सुनिल चौधरीले समाजिक संजालमा केकको तस्वीर राख्दै लेख्नु भएको छ मा जानकी जन्मोत्सवको अवसरमा जानकी मन्दिरमा केक काटनु पश्चात संस्कृतिको सुरुवात भएको छ ।

यो दुभाग्र्य पुर्ण हो । त्यसैगरि पत्रकार श्याम सुन्दर शशिले समेत सो तस्वीरमा आफनो प्रतिक्रिया राख्दै साझमा डिस्को र रातमा पार्टी गर्नु छ जय जानकी । डा। सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीका चन्दन सिंहले जानकी नवमीमा चर्चमा केक काटेर अब मनाउने छन । अधिकांसले समाजिक संजालमा केकको विषयलाई लिएर जानकी मन्दिरको आलोचना गरेका छन ।जनकपुरवानी



प्रतिक्रिया दिनुहोस्