Logo

पराशर ऋषिको सत्यवतीसंग ससर्गको कारण र परिणाम



ऋषि पराशर एक दिव्य र  अलौकिक शक्ति सम्पन्न ऋषि थिए । उनले धर्मशास्त्र, ज्योतिष, वास्तुकला, आयुर्वेद, नितिशास्त्र विषयमा ज्ञान लिएका थिए  । उनले रचना गरेका ग्रन्थ वृहत्पराशर होराशास्त्र, पराशर धर्म संहिता, पराशरोदितम, वास्तुशास्त्रम, पराशर आयुर्वैद, पराशर महापुराण, नितिशास्त्र आदी मानव मात्रको लागि कल्याणार्थ रचिन ग्रन्थ जगप्रसिद्ध हो जसको प्रसग आज पनि त्यस्तै छ ।

माता पिताः ऋषि पराशरको पिता शक्तिमुनि र माता अद्यश्यंती हुन् । पराशर बाष्कल र याज्ञवल्क्यको शिष्य थिए । पराशर मुनिलाई भगवान शिवको छब्बिसौ अवतार मानिन्छ ।

पत्नी र सत्यवतीः ऋषि पराशरले निषादाजको कन्या सत्यवतीसँग कुमारी अवस्थामा समागम गरेका थिए । सत्यवतीबाट महाभारतको लेखक वेदव्यासको जन्म भएको थियो । सत्यवतीले पछि राजा शान्तुनसँग विवाह गरेकी थिइन् । पराशरको उलुक आदी पनि छोरा थिए ।

महर्षि पराशर र वेदव्यासः महर्षी पराशरको छोरा ऋषि वेदव्यास हुन् उनले महाभानरतको रचना गरे । वेदव्यासको माताको नाम सत्यवती हो, सत्यवतीको पहिला नाम मत्स्यगन्धा थियो उनको हरेक अंगबाट माछाको गन्ध आउथ्यो । एक पटक पराशर ऋषि यमुना पार गर्दै गर्दा उनकै नावमा बसीरहेका थिए सत्यवतीको रुप र सौन्दर्य देखेर उनमा आसक्तिको भाव जाग्रीत भयो र सत्यवतीलाई प्रस्ताव राखे । सत्यवतीले आफु कुमारी भएको भन्दै ऋषिको प्रस्ताव अस्विकार गरिन् तर ऋषिले तिमीले बच्चाको जन्म दिएपनि कुमारी नै रहने बताएपछि सत्यवतीले प्रस्ताव स्विकार  गरेकी थिइन् । र पराशरले योग बलद्धारा बादल उत्पन् गराई सत्यवतीसँग प्रणय गरे । पछि ऋषिले सत्यवतीको शरीरबाट माछाको गन्ध हटाई सुगन्ध दिने आर्शीवाद दिए । नदिको द्धिपमा पुत्र जन्मिए । द्धिपमा जन्म भएकोले उनको नाम द्धैपायन भनियो र पछि कालान्तारमा वेदको भाष्य अनुवाद गरेको कारण वेदव्यासको नामले परिचित भए ।

राक्षस–सत्र यज्ञः पराशर ऋषिको पितालाई राक्षस कल्माषपादले खाएका थियो । पराशर बुझ्नेभएपछि उनले राक्षसको नाश होस् भनेर राक्षस–सत्र यज्ञ प्रारम्भ गरे जसले एकैपटकमा राक्षसहरुलाई तानेर भष्म गरीदिए । कल्माषपाद पहिला एक शक्तिशाली राजा थिए । शक्ति नाम गरेको ऋषिसँग वादविवाद भएकोले ऋषिलाई मार्न खोजे र ऋषिले राजालाई राक्षस हुने श्राप दिए यसैले कल्माषपाद राक्षस भएका थिए ।

पराशर गीताः महाभारतको शान्ती पर्वमा भीष्म र युधिष्ठिरको संवादमा भीष्म राजा जनक र पराशरबीच भएको वार्तालापमा प्रकट भएको कुरा नै पराशर गीता भनिन्छ । यसमा धर्म–कर्म सम्बििन्ध कुरा छन् ।  (धार्मिक ग्रन्थमा आधारित)



प्रतिक्रिया दिनुहोस्